२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश : २३५४संकलित नमूना रिपोर्ट आउन बाँकी

सुदूरपश्चिम प्रदेश : २३५४संकलित नमूना रिपोर्ट आउन बाँकी


कैलाली –  सुदुरपश्चिम प्रदेशमा दुई हजार तिन सय ५४ संकलित नमुना को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले बताएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको १३ हजार ७ सय७ सय दुई नमुना मध्ये ११ हजार सात सय १५ नमुना परीक्षण भएको र एक हजार ९ सय ८७ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।

त्यस्तै, सेती प्रयोगशालामा ११ हजार २४५ जनाको स्वाव संकलन गरीएको मा १० हजार ८ सय ७८ जनाको परीक्षण भएको र जनाको रिर्पोट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा दुई हजार एक सय ५० जना क्वारेन्टाइनमा छन्।  त्यस्तै, कञ्चनपुरमा एक हजार चार सय ५६ जना, बझाङमा एक हजार आठ जना, बाजुरामा ६ सय ६४, बैतडीमा आठ सय ९८, डोटीमा चार सय ७६ जनालाई क्वारेन्टाइनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा तीन सय ६७ नमूना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा एक हजार नौ सय ८७ जनाको नमूना परीक्षणका लागि पठाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ