२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा २३ सय जनामा कोरोना संक्रमण, ६२८ जना उपचार पछि घर फर्किए

सुदूरपश्चिममा २३ सय जनामा कोरोना संक्रमण, ६२८ जना उपचार पछि घर फर्किए


धनगढी – आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा एक सय ९५ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या दुई हजार तीन सय ९ पुगेको हो।

आइतबार बाजुराका ९५ जना, डोटीका ६९, कैलालीका २९, डडेल्धुरा र दार्चुलाका एक-एक जनामा कोरोना पुष्टि भएको थियो। अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय एक जनामा कोरोना पुष्टि भएको छ।

यस्तै,डोटीमा चार सय १०, बाजुरामा तीन सय १६, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २६, बैतडीमा दुई सय १४, अछाममा एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १७ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने ६ सय २८ जना समान्य उपचारपछि घर फर्किएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। यस्तै एक सय २२ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ।

३१ जना शंकास्पद बिरामीलाइ समेत आइसोलेसनमा राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ