२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोभिड—१९ : आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्र भएका कैलालीका तीन जनाको मृत्यु

कोभिड—१९ : आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्र भएका कैलालीका तीन जनाको मृत्यु


 धनगढी— कैलालीमा बुधबारसम्म कोभिड–१९ संक्रमण भएका ३ जनाको मृत्यु भएको छ । ५५ वर्षीया महिला र ४६ वर्षीय पुरुषकोे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो भने ४३ वर्षीया महिलाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो ।

कोभिड—१९ को मृत्यु भएका व्यक्तिको भने आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्र रहेको छ । कैलाली जिल्लामा कोभिड—१९ कारण तीन जनाको मृत्यु भएकोमा तीनै जनाको आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्र रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । जिल्लामा पहिलो पटक धनगढी उप–महानगरपालिका—४ की ५५ वर्षीया महिलाको कोभिड—१९ का कारण मृत्यु भएको थियो ।

मिर्गौलाकी बिरामी उनको डायलाइसिसका लागि काठमाडौं र नेपालगञ्ज जाने गरेको आन्तरिक ट्राभल हिस्टी मात्रै थियो । उनी सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न जाँदा उनको डायलासिस वार्डमै मृत्यु भएको थियो । मृतकको दाहसंस्कारपछि मात्र उनमा कोभिड—१९ पुष्टि भएको थियो । कैलालीमा कोभिड—१९ बाट दोस्रो व्यक्तिको मृत्यु मंगलबार भएको हो ।

टाउकोमा चोट लागेपछि ३१ जेठमा उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएकी कैलालीको लम्की चुहा नगरपालिका—२ की ४३ वर्षीया महिलामा पनि मृत्युपछि मात्रै कोभिड—१९ पुष्टि भएको हो । मंगलबार मृत्यु भएलगत्तै उनको स्वाब संकलन गरिएकोमा बुधबार भेरी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोभिड—१९ पुष्टि भएको नेपालगंज मेडिकल कलेजका सह—निर्देशक डा. नितेशकुमार कनौडियाले पुष्टि गरे ।

कैलालीमा कोभिड—१९ बाट तेस्रो व्यक्ति सेती प्रादेशिक अस्पतालमा मृत्यु बुधबार भएको हो । शनिबार कोभिड—१९ पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका—४ का ४६ वर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको हो । मंगलबार रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएपछि उनको सेती प्रादेशिक अस्पतालले आईसीयुमा उपचार भैरहेको थियो ।

मंगलबारदेखि नै उपचारका लागि काठमाडौं लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाइएको थिएन् । उनी गड्डाचौकी नाकाबाट भारतबाट आएका नेपालीलाई क्वारेन्टिनसम्म पुगाउन खटिएका थिए । उनको पनि आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्र रहेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ