धनगढी-सुदूरपश्चिममा शनिबार ६४ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
उनका अनुसार आज पुष्टि भएका मध्ये ५५ जना पुरुष र ९ जना महिला रहेका छन्।
बझाङको बिथ्थडचिरका २ जना, केदारस्यू २ जना, खप्तडछानाको १ जना, डडेल्धुराको अमरगढीका १ जना, नवदुर्गाका २३ जना, डोटीको जोरायलका २ जना, सायलका १ जना, कैलालीको चुरेका ५ जना, धनगढीका २ जना, गोदावरीका २ जना, लम्की चुहाका १ जना, टीकापुरका १ जना, कञ्चनपुरको पुनरवासका २ जना, लालझाडीका १४ जना, महाकालीका ३ जना, बेदकोटका १ जना, कञ्चनपुरकै थप १ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ५५ पुगेको छ।