२०८१ मंसीर २, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती प्रादेशिक अस्पतालमा उपचाररत कोभिड—१९ संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि ‘पोजेटिभ’

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोभिड—१९ संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि ‘पोजेटिभ’


धनगढी—सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना भाइरस (कोभिड—१९) संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ ।

सेती अस्पतालमा २५ दिनदेखि उपचाररत धनगढीकी ३४ वर्षीय महिलाको पाँच पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो ।

कोरोना पुष्टि भएपछि संक्रमित महिलाको पाँच पटकसम्म परीक्षण भइसकेको छ । सबै रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

श्रेष्ठकाअनुसार चिकित्सकहरुको सल्लाहअनुसार उनको थ्रोट स्वाब संकलन गर्दै फेरी परीक्षण गरिने भएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ