२०८१ मंसीर २, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश१६ दिनमा कोरोनालाई जितेर घर फर्किए कैलालीका संक्रमित युवक

१६ दिनमा कोरोनालाई जितेर घर फर्किए कैलालीका संक्रमित युवक


धनगढी-कैलालीका कोरोना संक्रमित एक जना युवक आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्। जिल्लाको लम्की-चुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर घर फर्किएका हुन्।

१२ गते भारतबाट घर पुगेका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।  दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए ।

यसँसँगै नेपालमा कोभिड–१९ पोजेटिभ देखिएका ४ जना विरामी निको भएर घर फर्किएका छन् ,। यसअघि पहिलो कोभिड–१९ संक्रमित टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि निको भएर फर्किएका थिए ।

त्यसपछि शनिबार टेकुमै उपचार गराएर नेपालकी दोस्रो कोभिड १९ संक्रमित १९ वर्षीया युवती पनि घर फर्किएकी छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ