२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिमका सामाजिक विकास मन्त्रीले गरेको निर्णय स्वास्थ्य निर्देशनालयले उल्ट्यायो

सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीले गरेको निर्णय स्वास्थ्य निर्देशनालयले उल्ट्यायो


धनगढी-सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको अध्यक्षता बसेको बैठकले गरेको निर्णय स्वास्थ्य निर्देशनालय डोटीले उल्ट्याएको छ । मन्त्री सुवेदीको अध्यक्षतामा १ गते बैशाखमा बसेको बैठकले २ बैशाखदेखि सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

तर, उक्त निर्णय स्वास्थ्य निर्देशनालय डोटीले तीन दिनमै उल्टाइदिएको हो । मन्त्री सुवेदीको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारले सेतीलाई कोरोना विशेष अस्पताल बनाएको र प्रसुती वार्डमा संक्रमितको उपचारका लागि थप शैय्या आवश्यक परेका कारण सेती अस्पताललाई प्रसुती सेवा बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो ।

तर, शुक्रबार मात्रै स्वास्थ्य निर्देशनालयले सेती प्रादेशिक अस्पताललाई पत्र पठाउँदै प्रसुती सेवा सुचारु गर्न निर्देशन दिएपछि आजदेखि सेवा सुचारु गरिएको सेती प्रादेशिक अस्पतालले सूचना जारी गर्दै जानकारी दिएको छ ।

अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले निर्देशनालयको निर्देशनपछि सेवा सुचारु गरिएको बताए । ‘कोरोना
संक्रमितको बिरामी उपचाररत क्षेत्र र प्रसुती वार्डमा जाने बाटो छुट्टाछुट्टै बनाइएको र सतर्कता अपनाउँदै प्रसुती सेवा सुचारु गर्न निर्देशन आएको थियो । सोही निर्देशनअनुसार आजैदेखि सेवा सुचारु गरेका छौ’ मेसु पाण्डेयले भने ।

स्वास्थ्य निर्देशनालय सामाजिक विकास मन्त्रालयकै मातहतको कार्यालय हो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ