२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती प्रादेशिक अस्पतालमा चार भेन्टिलेटर थपिए, दुई वटा जडान

सेती प्रादेशिक अस्पतालमा चार भेन्टिलेटर थपिए, दुई वटा जडान


कैलाली – सेती प्रादेशिक अस्पतालमा थप चारवटा भेन्टिलेटर थपिएका छन्। ‘कोभिड–१९’का गम्भीर प्रकृतिका विरामीको उपचारका लागि अस्पतालले खरिद गरेका दुई वटा र निक साईमन इन्स्टिच्युटले अनुदानमा प्रदान गरेका दुई समेत गरी चारवटा भेन्टिलेटर थपिएका हुन्।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले निक साईमनले अनुदानमा दिएका दुई वटा भेन्टिलेटर जडान गरिएको जानकारी दिए। अस्पतालले खरिद गरेका थप दुईवटा भेन्टिलेटर पनि परीक्षण भईसकेकाले पाँच शैय्याको आईसियु सहित सञ्चालनमा ल्याउने तयारी भईरहेको मेसु पाण्डेले बताए।

कोरोना भाईरसका गम्भीर प्रकृतिका विरामीको उपचारका लागि पाँच शैय्याको आईसियु सहित भेन्टिलेटर जडान गरिने जानकारी दिए। पछिल्लो पटक थपिएका समेत गरेर सेती प्रादेशिक अस्पतालमा अब भेन्टिलेटरको संख्या पाँच पुगेको छ। यस्तै थपिन लागेको पाँच शैय्या समेत गरेर १० शैय्याको आईसियु सेवा सञ्चालन हुने भएको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ