गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालमा भोलि देखि प्रसुती सेवा बन्द गर्ने निर्णय सेती प्रादेशिक अस्पतालमा भोलि देखि प्रसुती सेवा बन्द गर्ने निर्णय पदमराज भट्ट मंगलबार, २०७७ वैशाख २ गते, १९:२३ मा प्रकाशित धनगढी – सेती प्रादेशिक अस्पतालले बुधवारदेखि प्रसुती सेवा बन्द गर्ने निर्णय गरेको छ । सरकारले चैत्र १५ गते सेती प्रादेशिक अस्पताललाई ‘कोभिड १९’ डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेयता पाँच जना संक्रमितको उपचार भईरहेको छ । संक्रमितसंगै अन्य बिरामीलाई एउटै अस्पतालभित्र सेवा प्रवाह गर्दा संक्रमण फैलिने जोखिम रहेकोले हालसम्म सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा भोलिदेखि बन्द गर्ने निर्णय गरेको हो । सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा भोलिदेखि धनगढीस्थित नवजीवन अस्पतालले दिने बताईएको छ । नवजीवनमा सरकारको आमा सुरक्षा कार्यक्रम लागु रहेको छ । अन्य निजी अस्पतालमा प्रसुतीसेवा महंगो पर्ने भएकोले सामाजिक विकास मन्त्रालयको निर्देशनमा सेती प्रादेशिक अस्पतालले नवजीवन अस्पताललाई प्रसुती सेवा दिने व्यवस्था मिलाउन सेती प्रादेशिक अस्पतालाई पत्रचार गरेपछि अस्पतालले प्रसुतीसेवा बन्द गर्ने निर्णय गरेको हो । बैशाख १ गते सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गरी सो सेवा नवजीवन अस्पतालमा दिने व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिने निर्णय गरेको थियो । सेती प्रादेशिक अस्पतालमा प्रसुती वार्डमा आधा दर्जनभन्दा बढि स्त्री रोग बिशेषज्ञ, दर्जनौ नर्स र स्वास्थ्यकर्मीहरुले प्रसुती सेवा दिदै आएका थिए । जहाँ दैनिक २५ देखि ३० जनाले प्रसुती सेवा लिने गरेका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ… सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ५ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ६ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ७ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री Kalpana Craft ट्रेण्डिङ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु क्यान्सरका हुन्छन् यस्ता सङ्केत सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु क्यान्सरका हुन्छन् यस्ता सङ्केत सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत