धनगढी – संघीय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन जडान भई प्ररीक्षण सुरु भएको छ । केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशालाले धनगढीमा कोरोना परीक्षणलाई तीव्रता दिन बुधवार आरटीपीसीआर मेसिन आएपनि शनिबार जडान भएको हो ।
कोरोना परीक्षणका लागि पठाएको मेसिन जडानमा ढिलाइ भइरहेका बेला थप सामग्री ल्याएर जडानको काम भएकाले आजबाट नै परीक्षण सुरु गरीएको मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखकले बताए ।
यसअघि प्रदेश सरकारले प्रयोगशालाको उपकरण जडानका लागि आवश्यक पर्ने थप सामग्री खरिद गर्न नसक्दा जडान रोकिएको थियो।