२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको नमूना परिक्षण गरिने

कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको नमूना परिक्षण गरिने


धनगढी–सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ संक्रमित युवकको उपचार तथा निगरानीमा खटिने स्वास्थ्यकर्मीको पनि नमूना परिक्षण गर्ने तयारी गरेको हो ।

अस्पतालका प्रवक्ता डा. जगदिशप्रसाद जोशीले संक्रमित युवकको सम्पर्कमा रहेका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको बताए ।

स्वास्थ्यकर्मीहरुले पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) लगायतका व्यक्तिगत सुरक्षाका समाग्री बिना युवकको नमूना संकलन गरेकाले उनीहरुको पनि स्वाब परिक्षण गर्न लागिएको बताए ।

परिक्षणका पठाइएका ७ जनाको रिपोर्ट नेगेटिभ

सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ को आशंकामा भर्ना भएका ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोभिड १९ को आशंकामा अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएपछि धनगढीका संक्रमित युवकको नमूनासँगै उनीहरुको थ्रोट स्वाब संकलन गरी पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको हो ।

सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी विभाग प्रमुखसमेत रहेका प्रवक्ता डा. जोशीले उनीहरुको नमूना नेगेटिभ आएको जानकारी दिए । नमूना संकलन गरी परिक्षणका लागि काठमाडौं पठाइएकामध्ये दुईजनाको रिपोर्ट आउन बाँकी छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ