२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसामाजिक विकास मन्त्रालयद्धारा तीन अस्पताललाई ४६ थान पीपीई वितरण

सामाजिक विकास मन्त्रालयद्धारा तीन अस्पताललाई ४६ थान पीपीई वितरण


धनगढी-सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) का संक्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पीपीई वितरण गरेको छ ।

प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अर्थात पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई) उपलब्ध गराइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई ४ थान पीपीई उपलब्ध गराइएको जानकारी दिए ।

सुदूरपश्चिमका अस्पताल तथा स्वास्थ्य संस्थामा कोरोनाको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी पीपीई र मास्क अभावमा असुरक्षित रहेको भन्दै चिन्ताहरु व्यक्त भइरहेका बेला मन्त्रालयले पीपीई बाँडेको हो ।

तर सामाजिक विकास मन्त्रालयले आपतकालीन अवस्थाका लागि केही पीपीई मौज्दात राखिएको तथा थप आपूर्तिका लागि पहल जारी रहेको जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ