२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश२ लाख ८४ हजार बालवालिकालाई दादुरा–रुवेला खोप लगाइने

२ लाख ८४ हजार बालवालिकालाई दादुरा–रुवेला खोप लगाइने


धनगढी—सुदूरपश्चिम प्रदेशमा २ लाख ८४ हजार ७ सय बालवालिकालाई दादुरा–रुवेलाको खोप लगाइने भएको छ । प्रदेशका ९ वटै जिल्लामा दादुरा–रुवेला खोप लगाउने कार्यक्रम रहेको स्वास्थ निर्देशनालयका बाल स्वास्थ्य कार्यक्रम प्रमुख मीनराज जोशीले बताए ।

सो अभियान सफल पार्नका लागि प्रदेशका ९ वटै जिल्लाका ४ हजार ६ सय खोप केन्द्रमा ९ हजार ३ सय जना स्वयंसेवक र आवश्यकताअनुसार एक हजार पाँच सयदेखि १ हजार ८ सय स्वास्थ्यकर्मी परिचालन हुने जोशीले बताए ।

राष्ट्रिय दादुरा रुबेला खोप अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा दोस्रो चरणमा खोप लगाइनेछ । दोस्रो चरण चैत्र महिनाभर चल्नेछ । यस चरणमा सुदूरपश्चिमसहित बाग्मती, गण्डकी र कर्णाली प्रदेशका बालबालिकाहरुलाई दादुरा रुबेला खोप दिइनेछ ।

फागुन १ बाट सुरु भएको पहिलो चरणको दादुरा–रुवेला खोप अभियान अहिले प्रदेश १, २ र ५ का जिल्लाहरुमा चलिरहेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ