२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपयुवा व्यवसायीको ‘ड्रिम स्कीन नेपाल’, एक वर्षमै बन्यो ५० लाखको कम्पनी

युवा व्यवसायीको ‘ड्रिम स्कीन नेपाल’, एक वर्षमै बन्यो ५० लाखको कम्पनी


एक वर्षअघि एक रात सिरहाका युवा दिलिपकुमार यादवलाई कस्मेटिकमा ब्राण्डेण्ड प्रडक्टहरु व्यापार गर्ने आइडिया फुर्‍यो । सहरमा उनले ब्राण्ड बिनाका नक्कली प्रडक्टहरु थुप्रै नाफा खाएर बेचिरहेको भेटेका थिए । यसले एक त ग्राहकको टन्न पैसा खर्च हुने अर्कोतर्फ उनीहरुले ब्राण्डका कस्मेटिकहरु पनि प्रयोग गर्न नपाउने अवस्था थियो । यस्तो अवस्थामा बदल्न केही गर्ने जोश उनमा आयो ।

उनले कोरियन ब्राण्डका उच्च गुणस्तरका स्कीन प्रडक्टहरु ल्याएर नेपालमा बेच्ने योजना बनाए । २७ वर्षीय दिलीपले भोलिपल्ट नै त्यो योजनामा काम गर्न सुरु गरे । ‘ओभरनाइट डिसिजनमा सुरु भएको कम्पनी हो,’ दिलीप भन्छन् ।

‘मार्केटमा एकदमैं फेक प्रडक्टहरु आइरहेका थिए,’ ड्रिम स्कीन नेपालका प्रबन्ध निर्देशक दिलिप भन्छन्, ‘ग्राहकले पैसा तिरिरहेको छ भने अथेन्टीक प्रडक्ट पाउनु उसको अधिकार हो । यसले मानिसको अनुहारमा पनि असर गरिरहेको पाए । त्यो ग्याप मार्केटमा देखे ।’ त्यही ग्याप पूरा गर्ने लक्ष्यका पाँच लाख लगानीमा ‘ड्रिम स्कीन नेपाल’ सुरु गरे ।

स्कीनमा कोरियन ब्राण्डहरु सर्च गरे, कोरिया नै पुगेर विभिन्न स्कीन प्रडक्ट कम्पनीहरुसँग सहकार्य अगाडि बढाए । मध्यबानेश्वरमा ड्रिम स्कीन नेपालको स्टोर पाँच कर्मचारीबाट सुरु भयो । ड्रिम स्कीन नेपाल पाँच ब्राण्डका १० प्रडक्टरबाट सुरु भयो । कम्पनी विस्तारै रफ्तार लिदैं गयो । बजारमा रफ्तार लिन थालेसँगै ब्राण्डहरु पनि थपिदैं गए ।

मध्यबानेश्वरमा सुरु भएको ड्रिम स्कीन नेपालले एक वर्ष नबित्दैं लाजिम्पाटमा दोस्रो आउटलेट विस्तार गरेको छ । ‘एक वर्षको यात्रा उत्साहजनक रह्यो । हामीले आफूले सक्दो गरिरहेका छौं । नेपालभर नै हाम्रो प्रडक्टहरु जान थालेको छ,’ यादव भन्छन्, ‘यसले ग्राहकहरुको छाला स्वास्थ्यमा टेवा पुर्‍याउन पनि सहयोगी भूमिका खेलेको छ ।’

ड्रिम स्कीन नेपाल अहिले ६० ब्राण्डका ३६५ प्रडक्ट बजारमा बिक्री गरिरहेको छ । तीन चार ब्राण्डको नेपालको आधिकारिता विक्रेताका रुपमा पनि कम्पनीले काम गरिरहेको छ । ५ लाखबाट सुरु भएको कम्पनीको यात्रा एक वर्षमै ५० लाख रुपैयाँ हाराहारीमा पुगेको छ भने एक दर्जन मानिसले रोजगारी पाएका छन् ।

बजार विस्तारमा राम्रो प्रगति हासिल गरेपछि ड्रिम स्कीन नेपालका युवा संस्थापकहरु आउटलेट विस्तारमा केन्द्रीत हुन थालेका छन् । ‘एक्सान्स हाम्रो भविष्यको मुख्य लक्ष्य हो,’ दिलीप भन्छन्, ‘हामी धेरै स्टोरहरु खोल्ने योजनामा छौं ।’ उनकाअनुसार धेरै ठाउँमा ड्रिम स्कीन नेपालको स्टोर र प्रडक्टहरु पुर्‍याउन सकेमा त्यसले ब्राण्डेड प्रडक्टहरुमा आम मानिसको पहुँचलाई सहज बनाउनेछ ।


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ