डा. दीपकुमार शर्मा डेन्टलका जनरल प्रायाक्टिसनर र क्लिनिकल इम्प्लान्टलोजिष्ट हुन् । इम्प्लान्ट (कृत्रिम दाँत रोप्ने) मा उनले फेलोसीप गरेका छन् । केही समयअघि नेपालमै गरिएको पहिलोपटक वीर अस्पतालमा गरिएको ‘जाइकोमा इम्प्लान्ट’ टोलीका एक सदस्य उनी पनि हुन् ।
पछिल्ला १० वर्षदेखि उनी नेपालमा डेन्टल तथा ओरल हेल्थमा निरन्तर प्रायक्टिस गरिरहेका छन् । यस क्रममा उनले विभिन्न डेन्टल क्लिनिक र अस्पतालहरुमा प्रायाक्टिस गरेका छन् । ‘यो अवधिमा धेरै ठाउँमा काम गरे,’ उनले भने, ‘तर, आफूलाई चित्तबुझ्दो भने कतै भएन ।’ कही पैसाको समस्या, कति उपकरण अभाव त कही अमिल्दो भौतिक पूर्वाधार तथा वातावरण । धेरै ठाउँमा त प्यासनले बिरामीको उपचार गर्नेभन्दा पैसा कमाउने होड ।

यिनै यावत समस्याकाबीच डा. दीपककुमार आफ्नै केही फरक र नौलो गर्न चाहन्थे । बिरामीको स्वास्थ्यलाई केन्द्रमा राखेर सेवा दिने उनको सोच थियो । उनको त्यही सोचमा केही साथीहरु जोडिए । ‘त्यसपछि २—४ जनाको एउटा टिम बन्यो,’ उनले भने, ‘हामीले बिरामीलाई सस्तो शुल्कमा एउटै छानामुनिबाट डेन्टल र ओरल हेल्थका सबै सेवाहरु उपलब्ध गराउने योजना बनायौं ।’ त्यसका लागि उनको टिमले विभिन्न सम्भावनाहरु हे¥यो । एक वर्षअघि बनाएको यो योजनाअनुरुप काम हुन निकै समय लाग्यो ।
कोभिड—१९ महामारीबाट तंग्रिदैं गरेको अवस्थामा सुविधासम्पन्न डेन्टल क्लिनिकको योजना बनाउनेदेखि लगानी जुटाउनेसम्म काम पूरा गर्न सहज पनि थिएन् । यसैबीच चाबहिलस्थित ‘हेल्पिङ ह्याण्ड्स कम्युनिटी’ अस्पताल पछाडि बनेको नयाँ भवनमा डेन्टल क्लिनिक चलाउने राम्रो स्पेश भेट्टाए । उक्त भवनको दोस्रो तलामा ३ हजार स्क्वायर फिट भाडामा लिएर क्लिनिकका कामहरु अगाडि बढाए । नाम राखे—‘हेल्पिङ ह्याण्ड्स डेन्टल क्लिनिक ।’
डा. दीपककुमार शर्मा, प्रबन्ध निर्देशक, हेल्पिङ ह्याण्ड्स डेन्टल क्लिनिक
‘सस्तो मुल्यमा गुणस्तरीय डेन्टल सेवा दिऊ भन्ने उद्देश्यका साथ कम्युनिटी हस्पिटलमा हामीले यो क्लिनिक स्थापना गरेका हौं,’ क्लिनिकका प्रबन्ध निर्देशकसमेत रहेका डा. दीपककुमार कारण खोल्छन्, ‘यो क्लिनिक बिरामीलाई राम्रो उपचार दिऊ भनेर खोलेका हौं ।’ डेन्टल क्लिनिकको अधिकांश काम सकिएपनि अझै केही काम अधुरै छ । त्यही कारण उनको टिमले टिमले औपचारिक रुपमा क्लिनिकको उद्घाटन नगरेतापनि तीन महिनाअघिबाट सेवा दिन भने सुरु गरिसकेको छ । ‘अझै केही उपकरण र सेटअपका कामहरु बाँकी छन्,’ उनले भने, ‘त्यही कारण तीन महिनाअघि सफ्ट ओपनिङ मात्रै गरेर सेवा भने दिन थालिसकेका छौं ।’

झण्डै १ करोड लगानी भइसकेको क्लिनिकमा अझै लगानी थपिने उनले बताए । ‘अझै लगानी सकिएको छैन, केही लगानी थपिन्छ,’ उनी भन्छन्, ‘अहिलेसम्म १ करोड बढी लगानी भइसकेको छ ।’ मुख तथा डेन्टलका सबै सेवा दिने उद्देश्यले खोलिएको क्लिनिकमा सबै विधाका विशेषज्ञ चिकित्सकहरु छन् । पेडियाट्रिक डेन्टल, अर्थोडोन्टिष्ट, अर्थो, गिजा स्पेशलिष्टदेखि सर्जनसम्मका चिकित्सकहरु क्लिनिकमा भएकाले बिरामीलाई अन्यत्र पठाउनु नपर्ने उनले बताए ।
‘हेल्पिङ ह्याण्ड्स डेन्टल क्लिनिक’ले अहिले पैसाभन्दा पनि ट्रिटमेन्टमा फोकस गरिरहेको डा. दीपककुमार बताउँछन् । ‘बिरामीलाई स्वस्थ र खुसी बनाएर पठाउने गरी काम गरिरहेका छौं,’ उनले सुनाए । अहिले क्लिनिकमा डेन्टल र ओरल स्वास्थ्यका क्यान्सरबाहेकका सबै सेवाहरु उपलब्ध छन् । अहिले क्लिनिकमा १० जना कर्मचारी काम गर्छन् । यसमा केही कर्मचारी निकट भविष्यमा थप हुनेछन् ।

दाँत र मुख सम्बन्धी सबै सेवामात्रै होइन्, ट्रमाका केसहरु र ठूला सर्जरीहरु पनि क्लिनिकमा हुन्छन् । दाँत सम्बन्धी सम्पूर्ण सेवाहरु एकै छानामुनिबाट प्रवाह गर्ने गरी क्लिनिक तयार पारिएको डा. दीपककुमार बताउँछन् । आगामी दिनका क्लिनिकले सेवाहरु अपग्रेड गर्दै लैंजाने योजना बनाएको छ । ‘टेक्नीकल फिल्ड भएकाले दिनदिनै नयाँ उपकरण, प्रविधी र ट्रिटमेन्टहरु आइरहेको हुन्छ,’ उनी थप्छन्, ‘भविष्यमा हाम्रो योजना आफूलाई पनि अपडेट गर्ने, नयाँ उपकरण र प्रविधीहरु ल्याउने, जसले समय बचत र बिरामीले राम्रो उपचार पाउन सकून ।’ त्यसबाहेक विशेषज्ञहरुबाट तालिम सञ्चालन गर्ने योजना पनि उनले सुनाए ।
