ब्लू लोटसको चौथो शाखा भक्तपुरको ठिमीमा विस्तार भएको छ । ‘अल्टरनेटिभ मेडिसिन’का अस्पतालहरुमध्येमा सम्भवतः चार वटा शाखा भएको ब्लू लोटस एक्लो अस्पताल हो । त्रिपुरेश्वरमा १० वर्षअघि ब्लू लोटस स्थापना हुँदा ९ जना कर्मचारी थिए । बिरामी संख्या पनि उस्तै थियो । ब्लू लोटसका अध्यक्ष डा. सुरज कर्माचार्यले ६ महिनामा ३९ जना बिरामी हेरेको अस्तिजस्तै लागेको बताए।
त्यही कारण सुरुवाती केही वर्ष ब्लू लोटसका लागि निकै संघर्षपूर्ण रहे । भनिन्छ, धैर्यताले सफलतातिर डो¥याउँछ । त्यो ब्लू लोट्सको हकमा पनि लागु भयो । विस्तारै अलि सहज दिनहरु सुरु भए । बिरामीको संख्या बढ्न थाल्यो । ४ वर्षअघि ब्लू लोटसले आफ्नो पहिलो शाखा चुच्चेपाटीमा विस्तार ग¥यो । त्यसयता ब्लू लोटसको यात्रा निरन्तर उकालोमा हिडिरहेको छ ।
परिणाम नै मान्नुपर्छ, १० वर्षअघि पुग—नपुग एक दर्जन स्टाफबाट सुरु भएको ब्लू लोटस हस्पिटलमा अaहिले १५० बढी कर्मचारी काम गर्छन् । जसमध्ये एक दर्जन बढी विशेषज्ञ चिकित्सकहरु छन् । ‘डाक्टर, एएनएम, स्टाफ नर्स, अंकुपन्चर सहयोगी, फिजियोथेरापिष्ट, पञ्चकर्म थेरापिष्टलगायत १ सय बढी मेडिकल स्टाफहरु हुनुहुन्छ,’ ब्लू लोट्सका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्की भन्छन्, ‘सबैगरी ब्लू लोटसमा १ सय ५० बढी स्टाफ छन् ।’

स्टाफजस्तै बिरामीको संख्या पनि निरन्तर बढिरहेको छ । अहिले चार वटा सेन्टर गरी ब्लू लोटसले दैनिक ४०० जनालाई ओपीडी सेवा दिने क्षमता छ । दैनिक ३५० जनाले ओपीडी सेवा लिइरहेका छन् भने ओपीडीमा आउने नयाँ बिरामीको संख्या मात्रै दैनिक ४० भन्दा बढी रहेको कार्की बताउँछन् । ब्लू लोटसको बजार पछिल्ला चार वर्षमा निकै आक्रामक रुपमा विस्तार भइरहेको छ । आखिर यो सफलताको प्रमुख कारण के हो ? कार्कीकाअनुसार ब्लू लोटसले विशेषज्ञ चिकित्सकहरुबाट दिइरहेको सेवाप्रतिको मोह, बिरामी निको हुने उच्च दर, बिरामी मैत्री सेवा, ब्लू लोटस ब्राण्डप्रति बिरामीको विश्वास र अल्टरनेटिभ मेडिसिनप्रति बढेको सचेतना मुख्य कारण हुन् ।
नसर्ने रोगका बिरामीहरुको बढ्दो ग्राफलाई मध्यनजर गर्दै अंकुपञ्चर, फिजियोथेरापी, आयुर्वेद र पञ्चकर्मजस्ता वैकल्पिक चिकित्सा पद्धतिबाट निको बनाउने उद्देश्यका साथ ब्लू लोटस स्थापना भएको हो । पूर्वीय चिकित्सा पद्धतिमा आधारित रहेर सञ्चालनमा आएको यो अस्पतालले निरन्तर ती सेवाहरुबाट मानिसहरुको जीवनशैलीमा देखिन सक्ने गरी परिवर्तन अनुभूत गराउन सक्यो । त्यही कारण ब्लू लोट्स आफ्नो क्षेत्रको अगुवा अस्पतालमा पर्ने सञ्चालकहरु बताउँछन् । ‘अहिले अल्टनेटिभ मेडिसिनको लिडिङ हस्पिटलका रुपमा हामी स्थापित भएका छौं,’ कार्की भन्छन्, ‘यसको प्रमुख कारण बिरामीको विश्वास जित्नु नै हो ।’
ब्लू लोटसमा उपत्यका भित्र र बाहिरका सबैतिरका बिरामीहरु उपचारका लागि पुग्छन् । डा. कर्माचार्य, कार्की र डा. प्रसिद्ध खड्गीको नेतृत्वको ब्लू लोटस टिम सबैतिरका बिरामीलाई सहज रुपमा सेवाहरु दिने प्रयासमा जुटेको छ । त्यही कारण त्रिपुरेश्वरबाट चौथो वर्षमा चुच्चेपाटीमा पुगेको ब्लू लोट्स दुई वर्षअघि सातदोबाटोमा स्थापना भयो । अहिले चौथो शाखा भक्तपुर ठिमी स्थापना भएको छ ।
‘हाम्रो उपचार पद्धतिमा बिरामी अलि लामो समयसम्म अस्पताल आउनु पर्ने हुनसक्छ । एक जना बोडे, साँगा वा भक्तपुरको बिरामीलाई त्रिपुरेश्वर र चुच्चेपाटीमा पुगेर उपचार गर्न सम्भव हुँदैन्,’ प्रबन्ध निर्देशक कार्की कारण खोल्छन्, ‘जसका कारण केही दिन जाने, बीचमा उपचार छुट्ने र रिजल्ट नआउने संभावना हुन्छ ।’ त्यही समस्यालाई हल गर्नका लागि ब्लू लोटसले बिरामीको भोल्युम हेरेर काठमाडौं उपत्यकाका चारैतिर सहज रुपमा सेवा लिन सकिने गरी चुच्चेपाटी, भक्तपुर ठिमी, सातदोबाटो र त्रिपुरेश्वरमा अस्पताल चलाइरहेको छ । ‘काठमाडौं उपत्यकाका चार वटा कर्नरमा छौं । काठमाडौं, ललितपुर र भक्तपुरका सबै बिरामी कभर गरिसकेका छौं,’ कार्कीले भने । उनकाअनुसार अंकुपञ्चरबाट विभिन्न प्रकारका घातकहरु रोगहरु उपचार गर्न सकिन्छ । अर्थो न्यूरो केसका लागि अंकुपञ्चर रामवाण हो ।

डा. कर्माचार्य, डा. खड्गी र कार्की नसर्ने रोगको प्रकोप दिनानुदिन बढ्दैं गएको देख्दाको पीडाबाट थालेको यात्रा अहिले परिवार, समाज हुँदै राष्ट्रलाई नै स्वस्थ बनाउने अभियानसँग जोडिन पाएकोमा गर्व गर्छन् । ‘सुरुमा कति दिनसम्म त ब्लू लोटसका कर्मचारी त्यतिकै बस्नु परेको थियो । तर, धैर्यता मुख्य कुरा हो,’ निर्देशक कार्की स्मरण गर्छन्, ‘अहिले हरेक दिन ३० भन्दा बढी नयाँ बिरामीहरु ओपीडी सेवा लिन आउँछन् । यो हामीप्रतिको विश्वास र सेवा प्रभावकारी हुनुको परिणाम हो ।’
ठिमीमा चौथो शाखा विस्तारको काम सकेपछि ब्लू लोटस टिम केही समय उपत्यकाका शाखाहरुलाई थप व्यवस्थित बनाउन र स्थायीत्व दिन लागि पर्नेछ । त्यसपछि ब्लू लोटसलाई अकुपञ्चर हस्पिटलको इन्टरनेशनल ब्राण्डका रुपमा विकास गर्दै लैजाने योजना छ । ‘हामीसँग डेनमार्क, जर्मनी, फिनल्याण्ड, स्वीडेनलगायतका ठाउँमा बसोबास गर्ने नेपालीहरु उपचारकै लागि आउँछन्,’ कार्की भन्छन्, ‘नेपाल आएर निको भएका छन् । त्यहाँ बस्ने नेपालीलाई निको पार्ने सकेका छौं, विदेशी नागरिकलाई पनि उपचार गर्न सक्छौं ।’ सँगसँगै पोखरा, विराटनगर, बुटवललगायतका मुख्य सहरहरुमा शाखा विस्तार गर्ने काम पनि आउँदो वर्षमा सुरु हुनेछ ।

ब्लू लोटसको मुख्य फोकस अंकुपन्चरमा छ । तर, त्यसबाहेक फिजियोथेरापी, पञ्चकर्म, आयुर्वेदलगायतका सेवाहरु पनि यसले दिइरहेको छ । अस्पतालमा न्यूरो, हाड जोर्नी दुखाइ, पिनास, माइग्रेन, डिप्रेसन, पार्किन्सन, ग्यास्ट्रिक, कब्जियत, पायल्स, मोटोपनालगायतका ३ सयदेखि ५ सय किसिमका रोगको उपचार गरिने कार्की बताउँछन् । ‘एक जना बिरामीलाई निको बनाएर पठाएपछि १० औं जना पठाइदिनुहुन्छ । हामीलाई यति धेरै माया गर्नुको कारण हाम्रो रिजल्ट हो,’ उनी थप्छन्, ‘हामी यो रिजल्टबाट सन्तुष्ट एवं उत्साहित छौं ।’
कार्कीकाअनुसार चेन हस्पिटलका रुपमा विकास हुँदै गरेको ब्लू लोटसको मुख्य चुनौती बिरामी ल्याएर निको बनाउने मात्रै होइन् । ‘मुख्य चुनौती हामीले अहिलेसम्म बनाएको गुडबिल कसरी जोगाउने भन्ने हो,’ उनले कुराको बिट मार्नुपूर्व भने, ‘अहिले बजारमा भएका माल प्रायाक्टिसबाट ब्लू लोटसलाई अछुतो राखेर अगाडि बढाउँछौं । अहिले हामीले प्राप्त गरेको उचाइलाई कसरी जोगाएर राख्ने त्यो बढी चुनौतीपूर्ण छ ।’

