आयुर्वेद शास्त्रका आचार्य चरकले वीर्यलाई ‘शुक्र’ नाम दिएका छन् । सन्तानोत्पादन क्षमता भएको मूत्रमार्गबाट शरीरले निकाल्ने सेतो लेदो, ‘वीर्य’ विभिन्न ग्रन्थीबाट एकपटकमा ४ देखि ६ मिलिलिटरसम्म निस्कन्छ । यति परिमाणमा निस्कने वीर्यमा १५ देखि २५ करोड शुक्राणु निस्कन्छन् । यति शुक्राणु भएको वीर्यवान् मानिस सन्तानोत्पादनका लागि एकदमै सक्षम मानिन्छ ।
६ करोडभन्दा कम शुक्राणु भएको छ भने त्यस्तो वीर्यबाट गर्भाधान हुँदैन, निःसन्तान र बाँझोपन हुन्छ । सामान्यतः वीर्यमा शुक्राणु ७ प्रतिशत हुन्छ । जिंक, क्याल्सियम, क्लोरिन, फस्फोरस, म्याग्नेसियम, भिटामिन–१२, कोलेस्टोरल, सिट्रिक एसिड, प्रोटिन, पोटासियम, सोडियम, ल्याक्टिक एसिड, नाइट्रोजन, फ्रुक्टोज, एस्कोर्बिक एसिड, डीएन्ए लगायत रगतका अन्य तत्वसहित वीर्य बन्दछ । यसमा पनि वीर्य बन्नको लागि प्रोटिन र क्याल्सियमको बढी महत्व हुने गर्छ । जिंक र फोलिक एसिडको, शुक्राणु वा शुक्रकीट बढाउन भूमिका हुन्छ । शुक्राणुले नै स्त्रीको अण्डसँग मिलेर गर्भस्थापन गर्छ ।
वीर्यलाई मानिसको मर्दपन, पौरुषत्व र ‘वीरता’ को आधारमा मानिन्छ । वाल्यावस्था पार भएपछि वीर्यको उत्पादन हुन थाल्छ । अर्थात किशोर अवस्थादेखि शरीरले यसको उत्पादन गर्न थाल्छ र बृद्धावस्थासम्म चलिरहन्छ । वीर्य स्खलन हुने क्रियाको बीचमा लामो समय ग्याप रह्यो भने शुक्राणु बढ्छ, तर वीर्यमा यसको अनुपातचाहिँ बढ्ने होइन । वीर्य निकास हुने यौन प्रक्रिया भएन, हस्त मैथुन भएन भने निद्रामा निस्कन सक्छ, जसलाई स्वप्नदोष भनिन्छ । छिटोछिटो सेक्स वा हस्तमैथुन गर्नेहरूको वीर्य पातलो हुन्छ । यस्तो क्रियालाई २÷४ दिन रोक्यो भने वीर्य फेरि बाक्लो हुन्छ ।
दूध, रातो मासु जस्ता प्राकृतिक एमिनो एसिड हुने खाद्यवस्तु वीर्यबद्र्धक हुन्छन् । पूर्णअन्न (होल ग्रेन) तथा त्यसमा जिंक तत्व छ भने त्यो पनि वीर्यबद्र्धक मानिन्छ । अण्डा, मासु, ओखर, बदाम आदि ड्राईफुटहरूलाई शुक्राणु बढाउने खाद्यवस्तु मानिन्छ । भिटामिन ए तथा ई जस्ता पोषणहरूले वीर्य र शुक्राणु बृद्धिमा प्रभाव राख्छन् । ताजा माछा, खासगरी साल्मोन, टुना, ट्राउट, जलकपुर आदि माछाले वीर्य र शुक्राणु बृद्धिमा ३४ प्रतिशत प्रभाव राख्छ भनी एउटा अध्ययनमा पाइएको छ । यसका अतिक्ति हरियो सागपात, केरा, अनार, कालो चक्लेट, कुरिलो, ब्रोकाउली, लसुन वीर्यबद्र्धक र शुक्राणु बद्र्धक खानेकुरा मानिन्छ ।
ठीक तरिकाले खाने, रक्शी, चुरोट वा खैनीमा लत् नबसाल्ने, शारीरिक व्यायाम नियमित रुपमा गर्ने, पूरा निद्रा सुत्ने, आवश्यकताभन्दा बढी नसुत्ने, अल्छी जीवनशैली नबनाउने, शरीरको तौल ठीक राख्ने गर्दा पनि वीर्यको बृद्धि हुन्छ । रक्सीको सेवनले कलेजोमा असर पु¥याउने हुँदा शरीरमा एस्ट्रोजेन तत्वको बृद्धिसँगै टेस्टोटेरन हर्मोनको ह«ास हुन गई बीर्य बृद्धिमा यसले बाधा खडा गर्छ । पुरुष लिंगलाई शरीरको तापक्रमभन्दा केही कम तापक्रममा राख्नु उपयुक्त हुन्छ । त्यसैले खुकुलो अण्डरवियरले अनुकूल वातावरण दिन्छ ।
के हस्तमैथुनले वीर्य, शुक्राणु र सेक्समा असर गर्छ ?
कतिपय चिकित्साशास्त्रीहरू खासगरी आयुर्वेद विधाले हस्तमैथुन कुनै दृष्टिकोणबाट उचित हुँदैन भन्छन् । हस्तमैथुन गर्ने मानिसले प्रोटिन तथा क्याल्सियमजस्ता पौष्टिक तत्व फाल्ने हुँदा शरीर कमजोर गराउँछ भन्ने उनीहरूको जिकिर छ । यसले न्युरोलोजिसम्बन्धी समस्या उत्पन्न गर्ने, यौन असमर्थता बढाउने, यो पनि एउटा अमल जस्तै छुटाउन नसकिने खराब आदत, यसले निरासा बढाउने, सेक्स गरेको बेला शिघ्रपतन हुने आदि जस्ता समस्या देखाउँछन् । यसमा पूर्ण सत्यता नभए पनि निराधार तर्क मान्न सकिन्न ।
तर अर्कातिर हस्तमैथुनले वीर्यद्वारा एक प्रकारको प्राकृतिक ‘डोपामिन’ जो ‘न्युरोट्रान्समिटर’ को तत्व हो र त्यो उत्सर्जन हुँदा दिमागको हर्ष केन्द्र (प्लिजर सेन्टर) लाई सक्रिय बनाउँछ पनि भनिन्छ । हस्तमैथुनकै कारणले प्रोल्याक्टिन नामक हर्मोन बढ्न गई अन्ततः राम्रो निद्राका साथ सुत्न सकिन्छ भन्ने अध्ययन पनि छ । अर्को एक अध्ययनबाट के पनि पाइएको छ भने वीर्यको निकास हुने प्रक्रियाले प्रोस्टेट क्यान्सरको जोखिमको सम्भावना घट्न जान्छ । हस्तमैथुन र वीर्य पतन नहुने उपाय अपनाउँदैमा वीर्य सञ्चय भइरहँदैन । पुरानो वीर्य मासिँदै जान्छ । नयाँ वीर्य पलाउँछ ।
तर के निष्कर्ष लिनै पर्छ भने हस्तमैथुन प्राकृतिक क्रिया होइन, सेक्स प्राकृतिक क्रिया हो । हस्तमैथुनका अन्य विकृति र विसंगति पनि छन् । त्यसैले सकेसम्म हस्तमैथुनतिर ध्यान नदिने, पल्केका किशोरहरूले पनि यतातिर मन नलगाउनु र यस्तो आदत छोड्नु उचित हुन्छ । किशोर वयमा ‘ब्रम्हतेज’ को विनास नगर्ने ब्रम्हचर्य पालन गर्नु भन्ने आयुर्वेदले बनाएको हाम्रा मान्यतालाई पनि ध्यान दिनु स्वास्थ्यअनुकूल नै हुनेछ ।
(स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देक डा. विष्ट “स्वस्थ जीवनशैली हाम्रो स्वास्थ्य र डाक्टरको सल्लाह” पुस्तकका लेखक हुन् ।)