गृहपृष्ठ ∕ यौन स्वास्थ्य ∕ यसरी गरौं गुप्ताङ्गको सरसफाई यसरी गरौं गुप्ताङ्गको सरसफाई हेल्थ आवाज मंगलबार, २०७७ साउन २७ गते, २०:०७ मा प्रकाशित व्यक्तिको शरीरमा रहने विभिन्न संवेदनशील अंगमध्ये यौनाङ्ग पनि एक हो । यस वरपरका छाला एकदमै संवेदनशील हुने भएकाले हामीले यसको उचित सरसफाई र ख्याल राख्नु आवश्यक छ । उचित सरसफाईको अभावमा व्यक्तिमा विभिन्न समस्याहरु समेत निम्तिन सक्ने सम्भावना प्रबल रहन्छ । तुलनात्मक रुपमा हेर्ने हो भने महिलाहरु पुरुषभन्दा बढि यौन समस्याका शिकार हुने गर्छन । किनभने महिनावारी, योनीश्राव तथा प्रजननका कारण महिलाहरु आफ्नो जीवनकालमा यस्ता यौन समस्याका शिकार भइरहन्छन् । र, अधिकांशमा सरसफाईको कमी नै यसको प्रमुख कारणको रुपमा देखिएको पाइन्छ । अझ महिलाको गुप्ताङ्गको सम्बन्ध प्रत्यक्ष रुपमा पाठेघरसँग रहेको हुँदा यसप्रतिको बेवास्ताले महिलामा गर्भाशय सम्बन्धि विभिन्न समस्या देखा परी पाठेघरको क्यान्सरको समेत जोखिम बढाउँछ । त्यसैले, यस्ता समस्याबाट बच्नकै लागि भएपनि महिलाले आफ्नो यौनाङ्गको सरसफाईमा विशेष एवम् उचित रुपमा ध्यान दिनुपर्छ । सरसफाई गर्ने उपायहरुः योनाङ्ग दैनिक रुपमा सरसफाई गर्ने रुटिङ बनाउने । अझ मासिक चक्र(महिनावारी)मा यो प्रकृयाएकै दिनमा पनि पटक–पटक अपनाउन सकिन्छ । योनाङ्गमा कुनै पनि बास्नादार सेन्ट वा साबुनको प्रयोग नगर्ने । सफा तथा मनतातो पानीले दैनिक सफा गर्दा किटाणु रहने डर हुदैन । र, पानीले पखालेपछि सुख्खा कपडाले पुछि उक्त क्षेत्रलाई पनि सुख्खा राख्ने। भित्रीवस्त्र नियमित परिवर्तन गर्ने। चिसो नहोस् र यौनाङ्ग नपोलोस् भन्नका लागि सुतिको अन्डरवेयर प्रयोग गर्ने। महिनावारीको समयमा रगत नबगे पनि ३-४ घण्टाको अवधिमा प्याड परिवर्तन गर्ने । नयाँ पेन्टिको प्रयोग पनि धोएर मात्रै गर्ने। बाथ लिएपछि वा स्विमिङ गरेपछि कपडा तुरुन्त परिवर्तन गर्ने । क्याटेगोरी : यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट… भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको… अध्ययन भन्छ, ‘३५ प्रतिशत यौनकर्मी महिलाले कण्डम प्रयोग नगरेरै शारीरिक… महिनावारी हुँदा यी कुरामा दिऔँ ध्यान : कति समयमा फेर्ने… शुक्राणुलाई पौडन रोक्ने पुरुष गर्भ निरोधक चक्की : यसरी गर्छ… धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ५ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं Kalpana Craft ट्रेण्डिङ गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी युवापुस्ताका ईएनटी सर्जन डा. अमित ३४ वर्षीय डा. दीपककुमारले १ करोड बढी लगानीमा सञ्चालनमा ल्याए अत्याधुनिक डेन्टल क्लिनिक गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी युवापुस्ताका ईएनटी सर्जन डा. अमित ३४ वर्षीय डा. दीपककुमारले १ करोड बढी लगानीमा सञ्चालनमा ल्याए अत्याधुनिक डेन्टल क्लिनिक