२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ लाई सुर्तीजन्य पद्धार्थ विक्री वितरण एवं नियमन प्रदेश घोषणा गरिने

प्रदेश १ लाई सुर्तीजन्य पद्धार्थ विक्री वितरण एवं नियमन प्रदेश घोषणा गरिने


विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले जागरण अभियान संचालन गरी प्रदेश १ लाई सुर्तीजन्य पद्धार्थ विक्री वितरण एवं नियमन प्रदेश घोषणा गरिने बताएका छन् । १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले विराटनगरमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन कार्यक्रममा बोल्दै मन्त्री घिमिरले यस्तो बताएका हुन् ।

उनले जागरण अभियान संचालन गरेपछि वैशाख १ गतेबाट प्रदेश १ लाई सूर्तीजन्य बस्तुको नियन्त्रण र नियमन प्रदेश घोषणा गरिने जनाएका हुन्। ‘मोरङको १७ वटा स्थानिय तहमा माघ मसान्त भित्रमा सार्वजानिक स्थलमा सूर्तीजन्य वस्तुको विक्री, वितरणमा रोक लगाएपछि चैत भित्रमा अन्य १३ वटा जिल्लामा पनि लागू हुनेछ,’ मन्त्री घिमिरले भने, ‘वैशाख १ गतेबाट प्रदेश १ लाई सुर्तीजन्य बस्तुको नियन्त्रण र नियमन प्रदेश घोषणा गर्दछौं ।’ मन्त्री घिमिरेले ऐनमा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरणमा नियन्त्रण गरिने बताए । ऐनलाई पूर्ण रुपमा कार्यन्वयनमा लैजाने बताउँदै उनले कसैले पनि ऐन विपरित काम गरेको पाइएमा कारवाही गरिने दावी समेत गरे ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले प्रदेशको राजधानी रहेको शहर विराटनगरबाट सार्वजानिक स्थलमा सूर्तीजन्य वस्तुको प्रतिबन्ध लागाउने अभियानको थलानी भएको बताए । पहिलो चरणमा स्कूल र हस्पिटलदेखि १ सय मिटर भन्दा वरिपरीको क्षेत्रमा सूर्तीजन्य बस्तुको विक्री वितरणमा प्रतिबन्ध लगाउने उनको भनाई छ । ‘त्यसपछि क्रमश अन्य सार्वजानिक स्थलहरुमा लागु हुदै जानेछ,’ प्रमुख पराजुलीले भने । सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनलाई प्रभावकारी कार्यन्वयन गरि सचेतना फैलाउँदै अगाडी बढनुपर्नेमा उनले जोड दिए । सबैको साथ सहयोगले सार्वजानिक स्थलमा सुर्तीजन्य बस्तुको विक्री वितरणमा रोक लागउँदै यो अभियानलाई सफलतामा पु¥याउनु पर्ने उनको भनाई थियो । सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन जारी भएको सातवर्षपछि प्रदेश १ मा यसको पूर्ण प्रतिबन्ध लगाइने भएको हो ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ । विद्यालय, स्वास्थ्य संस्था आसपास खुलेआम रुपमा सूर्तिजन्य पदार्थको बिक्री वितरण भैरहेको र त्यसलाई रोक्न पहल नभएको भन्दै प्रदेश सरकार यसको नियमन शुरु गर्न लागेको हो ।

मन्त्रालयले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि विराटनरमा सोमबार वृहत सचेतनामुलक ¥याली निकालिने भएको छ । धुम्रपान तथा सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धी सचेतना ¥यालीमा मन्त्री घिमिरेसहित सरोकारवाला, निजी तथा सामदुदायिक विद्यालयका विद्यार्थी, नेपाल प्रहरी, सशस्त्रको सहभागिता थियो । विराटनगरस्थित सहिद रङ्गशालाबाट निस्किएको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गर्दै महेन्द्र चौकमा कार्यक्रम भई समापन भएको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ