२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य सचेतना फैलाउन समुदाय र स्कुलमा जाँदै युवा

स्वास्थ्य सचेतना फैलाउन समुदाय र स्कुलमा जाँदै युवा


विराटनगर-स्वास्थ्य सचेतना फैलाउन सक्ने भएर लियो क्लबमा आवद्ध भएका युवाहरू स्कुल र समुदायमा जाने भएका छन् । उनीहरूलाई स्वास्थ्य सचेता फैलाउन सक्ने बनाउन लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले विराटनगरमा दुई दिने यौन तथा प्रजनन् स्वास्थ्य कार्यशाला गोष्ठीमा सहभागी गराएको थियो ।

सहभागीहरूलाई यसअघि पनि विभिन्न तालिम र स्वास्थ्य सचेतनाको बारेमा जानकारी गराएको छ । स्वास्थ्य प्रशिक्षण पाएका लियो सदस्यहरुले समुदाय र स्कूलहरुमा गएर स्वास्थ्य सचेतना गराउन सक्ने भएपछि अबको एक सातापछि फिल्डमा जाने भएको लायन्स क्लब अफ विराटनगरका अध्यक्ष डा.बालकृष्ण साहले जानकारी दिए ।

लियोमा आवद्ध भएका युवाहरू तालिम जानकारी पाएपछि स्कुल, क्याम्पस र समुदायमा गएर विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना गराउने छन् । उनीहरूको मोरङका विराटनगर महानगरपालिकासहित सुनसरीमा विभिन्न विद्यालय र ग्रामीण क्षेत्रको वस्तीमा गएर स्वास्थ्यको बारेमा जानकारी दिनेछन् ।

नेपालमा उच्च मातृ मृत्युदर रहेको बताउँदै क्लबका अध्यक्ष तथा स्त्रीरोग विशेषज्ञ डा.साहले यसको ७ प्रतिशतभन्दा बढी कारण असुरक्षित गर्भपतन रहेको र ४१ प्रतिशत प्रजनन उमेरका महिलाहरुलाई मात्र नेपालमा गर्भपतन सेवाले कानुनी मान्यता पाएको बारेमा जानकारी भएको बबताए । ‘असुरक्षित गर्भपतनबाट हुने मातृ मृत्युदर न्यूनीकरण गर्न प्रजनन उमेरका किशोरी तथा महिलाहरुलाई परिवार नियोजन, सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व तथा महिनावारीका बारेमा प्रशिक्षण पाएका युवाहरूले सामुदाय र विद्यालयमा गएर सचेतना गराउनेछन्,’ डा. साहले भने ।

प्रशिक्षण लिएका एक जनाले ५ वटा विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउने क्लबले जनाएको छ । कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ ए वानका गर्भनर लायन इन्द्र खत्री राजन, विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की, डा.बालकृष्ण साह, पुनम बिष्ट, गजेन्द्र यादव, विरेन्द्र देव तथा अजय कटवालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा दुई दर्जन युवाहरुको सहभागिता रहेको थियो । सहभागी भएका युवाहरू अब स्वास्थ्य सचेता फैलाउन लागि पर्नेछन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ