२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा सर्पदंश उपचार सेवा खुल्दै, सुनसरीसम्मका विरामी ल्याउने लक्ष्य

विराटनगरमा सर्पदंश उपचार सेवा खुल्दै, सुनसरीसम्मका विरामी ल्याउने लक्ष्य


विराटनगर—विराटनगर महानगरपालिका ५ मा वडा कार्यालयले सर्पले टोकेको बिरामीको उपचार गरिन सर्पदंग उपचार सेवा संचालन ल्याउने भएको छ । चालु आर्थिक वर्ष भित्रमा पूर्वाधार र प्राविधिकहरु तयार गरी आउँदो आर्थिक वर्षको सुरुवातमा सर्पदंश सेवा संचालन गरिने तयारी भएको हो ।

विराटनगर ५ नंं. वडा कार्यालयको साविकको २ तले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सर्पदंशको उपचार सेवा संचालन ल्याउने तयारी गरिएको वडा अध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । हाल ७ जना एच. ए. र अनसी रहेका छन् । सर्पदंशको लागि छुट्टै प्राविधिक ल्याउने तयारी गरिएको वडा अध्यक्ष आचार्यले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा वडा भित्र सर्पदंश उपचार सेवा सुरु गर्ने प्रदेश १ को सामाजिक विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ बजेट पनि निकाशा भएको छ । ‘मन्त्रालयबाट बिनायोजित भएको बजेटले २ कोटा भवनको निर्माणको काम भइरहेको छ,’ वडा अध्यक्ष आचार्यले भने, ‘सर्पदंश उपचार सेवा संचालन गरिन आवश्यक पर्ने फर्निचरहरु पनि खरिद भयो । अब मानवीय स्रोत धानको आवश्यक छ ।’

यसको व्यवस्था विराटनगर महानगरपालिकाले गरिदिएपछि वडाभित्र सर्पदंश सेवा संचालनमा आउने उनको भनाइ छ । अहिले सर्पले टोकेको बिरामीको उपचार विराटनगरस्थित कोशी अस्पतालमा मात्र उपचार भइरहेको छ । कोशीमा पनि भरपर्दा उपचार पद्धती नभएकोले यहाँ संचालन हुने सर्पदंशको उपचार भरपर्दा र गुणस्तरीय सेवा प्रदान हुने वडा अध्यक्ष आचार्यको दाबी छ ।

सुनसरीको तल्लो भेगको केही स्थान र विराटनगर महानगरपालिका भरीका विरामीलाई सेवा पु¥याउने उद्देश्यले सर्पदंशको उपचार सेवा सुरु गर्न लागेको उनले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ