विराटनगर—विराटनगरका नाक, कान, घाटी रोग विशेषज्ञ डा. मदन कोइरालालाई बिरामीलाई जाँच गर्दै गर्दा एक्कासी चिउडो, मुटु र छाती दुख्यो । त्यसपछि उनले पेनकिलर खाए । ठिक नभएपछि उनी ओपीडी बन्द गरेर इसीजी र रगतका केही जाँच गरे ।
मंगलबार दिउँसो तिर उनका सहयोगीले रिपोर्ट लिएर आए । त्यो रिपोर्ट हेरेपछि उनको मनमा चिसो पस्यो । रिपोर्ट हेरेपछि उनले हृदयघात भएको आशंका गरे र घरदेखि करिब एक सय मिटरको दूरीमा रहेकोे विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल जाने निधो गरे । लगतै अस्पतालका कन्सल्ट्यान्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठलाई उनले आफ्नो स्वास्थ्यको समस्या बारेमा जानकारी गराए ।
अस्पतालको आकस्मिक कक्षमा आएपछि डा. श्रेष्ठले इसीजी गरे । त्यसपछि देखियो मुटुको रगत नलीको एउटा भल्ब बन्द रहेछ । ‘हृदयघात भएको १/२ घण्टा भित्रमा हस्पिटल आए । जसले गर्दा उपचारमा सहज भयो । त्यसपछि क्याथ ल्याब लगियो र एन्जीयोप्लाष्टिक गरेर बन्द भएको मेरो मुटुको भल्ब खोलियो । न्यूरो हस्पिटलमा मुटुको भरपर्दो उपचार पाए,’ बुधबार डिस्चार्ज भएपछि डा. कोइरालाले भने, ‘मेरो छोरा, छोरी, ज्वाइँ र बुहारी सबै डाक्टर छन् । उनीहरुसँग पनि कुराकानी भयो । त्यसपछि डा. निकेशराज श्रेष्ठ मुुटु रोगको उपचारमा अनुभवी र भरपर्दो चिकित्सक हुन भन्ने मलाई थाहा भयो ।’ उनकाअनुसार त्यही कारण उनी काठमाडौं नगएर घर नजिकैको न्यूरो हस्पिटलमा उपचार गराएको बताउँछन् ।
‘निकेशराज मेरो साथी ज्ञानबहादुर श्रेष्ठको छोरा पनि हो । त्यसैले मैले यहाँ उपचार गरे । एन्जीयोप्लाष्टिक गरेर अहिले एउटा स्टेन लगाएको छ । अहिले धेरै राम्रो भएको छ । न्यूरोको क्याथ ल्याब गंगालाल, मनमोहन वा अन्य विकसित मुलुकको जतिकै छ,’ डा. कोइरालाले अगाडि थपे, ‘न्यूरोमा अन्तर्राष्ट्रियस्तरको उपचार पाएको अनुभूति गरेको छु । अहिले ठिक छ । यहाँबाट गएर फुटबल पनि खेल्न सक्ने भएको छु ।’
![](https://ap-south-1.linodeobjects.com/healthaawaj/2025/02/upacahr.jpg)
मुटुको उपचार न्यूरोमा भरपर्दो पाएको पनि उनले सुनाए । ‘एयर लिफ्ट गराएर बाहिर उपचार गराउन गएको भए मेरो कति खर्च हुने थियो । न्यूरोले त्यो खर्च जोगाइ दिएको छ । हृदयरोग देखिएपछि जतिसक्दो हस्पिटल जानुपर्ने हुन्छ । जति ढिलो भयो, त्यति मुटु बिग्रन सक्छ,’ उनले भने, ‘छोरीले मलाई काठमाडौं आउनु भन्दै थिइनँ । तर म गइनँ । मलाई न्यूरोमा डा निकेशराजले अन्य ठाउँमाजस्तै उपचार गर्नुहुन्छ भन्ने विश्वास थियो । अहिले आएर प्रमाणित पनि भएको छ । अहिले राम्रो पनि भयो । उपचारमा खटिने चिकित्सकप्रति कृतज्ञ छु ।’
उपचारमा संलग्न अस्पतालका कल्सल्ट्यान्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठले डा. कोइरालाको एन्जियोग्राम गर्दा मुटुको एउटा भल्ब बन्द भएको र त्यसको सफल उपचार गरेको बताए । ‘एन्जीयोप्लाष्टी गरेर ब्लक भएको रगतको नली खोलिएको छ । रगतको नली खोलिएपछि मुटुको माशंपेशीले रगत पाएपछि मुटुको मर्न लागेको भागलाई बचाउन सकिन्छ । जसले गर्दा छाती दुखाइ काम हुने गर्दछ,’ डा. श्रेष्ठले भने, ‘हृदयघात भएका बिरामी जतिसक्दो चाँडो अस्पताल आए उपचारमा सजिलो हुने गर्छ र बचाउन सकिन्छ ।’
अत्याधुनिक उपकरण र विशेषज्ञ कार्डियोलोजिष्ट चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण न्यूरोले मुटु उपचारमा पछिल्लो समयमा फड्को मार्दै गएको छ । न्यूरोमा विशेषज्ञ चिकित्सकसहितको ‘क्याथ ल्याब’ सञ्चालनमा ल्याएपछि मुटुका बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा मुटु रोगका बिरामीको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका बिरामीको चाप बढ्न थालेको छ । गुणस्तरीय सेवा प्रदान गरेर बिरामीको मन जित्न पनि न्यूरो सफल हुँदै गएको अस्पतालले जनाएको छ ।
मुटुमा जटिल समस्या भएका बिरामीका लागि कोरोनरी तथा रेनल एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर प्रत्यारोपणमा न्यूरो–कार्डियो अस्पतालमा हुने गरेको छ । नेपाली र भारतीय मुटु रोगका बिरामीले सेवा पाउँदै आएको अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने बिरामीको संख्या बढ्दै गएको छ ।
![](https://ap-south-1.linodeobjects.com/healthaawaj/2025/02/neuor.jpg)
न्युरोमा मुटुको भल्वमा पर्ने प्वालको परीक्षण, मुटुका नलीमा जम्ने रगत खोल्ने, मुटुमा ब्याट्री राख्ने बिरामीहरुको सफल उपचार न्यूरो–कार्डियोमा हुने गरेको छ । हृदयघात भएका बिरामीका लागि गरिनुपर्ने उपचार पद्धतिमध्ये एन्जियोग्राफी, मुटुको नसामा जम्ने रगत खोल्ने एन्जियोप्लाष्टी र मुटुको चाल बढाउन मुटुमा ब्याट्री राखिने पेसमेकरबाट बिरामीले लाभ लिइरहेका छन् ।
कुनैपनि अस्पतालमा भर्ना भएका विरामीको लक्षण हेरेर मुटुको समस्या भएको आशंका लागे तत्काल विशेषज्ञ चिकित्सकसम्म उपचारमा पठाउने संस्कारको विकास नहुँदा कतिपय बिरामीको ज्यान जाने गरेको छ । असन्तुलित खानपिन तथा शारीरिक ब्यायामको अभावले निम्त्याउने हृदयाघात हुँदा बायाँ भागतर्फको छाती क्रमसः दुख्दैं दायाँ हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नुपर्ने डा. श्रेष्ठको आग्रह छ ।
त्यसबाहेक पनि मुटुको नलीमा हुने समस्या, भल्वमा पर्ने प्वाल र नली पुरिने, मुटुकै मांसपेशीमा देखिने समस्या र उच्च रक्तचाप र मधुमेहका विरामी हृदयाघातको उच्च जोखिममा हुने गर्दछन् ।