विराटनगर–विराटनगरस्थित न्यूरो हस्पिटलमा अत्याधुनिक उपकरण जडान गरिएको ‘मोडुलर अपरेशन थिएटर’ सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमबीच एकै पटकमा पाँच वटासम्म शल्यक्रिया गर्न सक्ने एउटा छानामुनि रहेको मोडुलर अपरेशन थिएटर सञ्चालनमा ल्याएको हो ।
मोडुलर अपरेशन थिएटरको उद्घाटन अस्पतालका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्ट र निर्देशक अनिशा विष्टले संयुक्त रुपमा रिबिन काटेर गरे । सञ्चालनमा आएको नयाँ मोडुलर अपरेटिङ थिएटरमा अत्याधुनिक उपकरणहरु जडान गरिएकाले एकै समयमा पाँच वटासम्म शल्यक्रिया गर्न सकिने अस्पतालका अध्यक्ष डा. विष्टले बताए ।
‘बिरामीहरुले अपरेशनको लागि प्रतीक्षा गर्नुपर्ने समयलाई घटाउनुको साथै अस्पतालमा शल्यक्रियाको लागि प्रयोग हुने साधनहरूको अधिकतम उपयोग गर्दछ । विरामीको हकमा यसले संक्रमणको जोखिम कम गर्न मद्दत गर्दछ र बिरामीको सुरक्षा र हेरचाहको लागी चाहिने उच्चतम मापदण्डहरू पूरा गर्दछ,’ अध्यक्ष विष्टले भने, ‘मोडुलर अपरेशन थिएटर नयाँ सोच र निरन्तर सुधारतर्फको हाम्रो प्रतिबद्धताको प्रतीक हो । हामी समाजलाई नवीनतम चिकित्सा प्रविधि र प्रथाहरू भित्र्याएर हर सम्भव उत्कृष्ट हेरचाह प्रदान गर्न समर्पित छौं ।’
शल्यक्रियाका लागि चाहिने नवीनतम उपकरणहरू र त्यसलाई सहयोग गर्ने अत्याधुनिक प्रणालीहरु जडित रहेकोले यसले जटिल र विविध प्रकारका शल्यक्रियाहरु गर्न मद्दत पुग्ने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए । ‘अपरेशन थिएटरको मोडुलर डिजाइनको कारण यसले उपलब्ध स्थानको अधिकतम प्रयोग गर्न र आपतकालीन अवस्थामा प्रभावकारी रूपमा कार्य गर्न सहयोग गर्दछ,’ भट्टराईले भने ।
अस्पतालले भर्खरै बरिष्ठ न्यूरोसर्जन डा. रोशन खतिवडा तथा वरिष्ठ न्यूरोसर्जन डा. सुनिलकुमार दासलाई भित्र्याएको छ । ‘अस्पतालमा नयाँ चिकित्सकहरुकोे आगमनले हामी नयाँ नयाँ पद्धतिका शल्यक्रियाहरु गर्न सक्षम हुनेछौं भन्ने हाम्रो विश्वास छ,’ अपरेशनल डाइरेक्टर भट्टराईले भने ।
त्यसबाहेक अस्पतालमा न्यूरो सर्जनका रुपमा डा. आशिषजंग थापा, डा. आलोक झा, वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. नवीनकुमार कर्ण, वरिष्ठ अर्थोपेडिक सर्जन डा. अमित देव, वरिष्ठ जी.आई. तथा ल्याप्रोस्कोपिक सर्जन डा. सदिप खुनिया, जनरल सर्जन डा. प्रज्वल खतिवडा, युरो सर्जन डा. पुरुषोत्तम पराजुली, ईएनटी सर्जन डा. रोशन आचार्य, डेन्टल सर्जन डा. अमितप्रताप शाह, वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रा.डा. शैलजा क्षेत्री श्रेष्ठ, डा. निशा अधिकारीलगायतका सर्जनहरुको विशेषज्ञ टोली रहेको छ ।
त्यसैगरी, बिरामीहरुको अपरेशनलाई सहज बनाउन एनेस्थेसियोलोजिष्टको रुपमा डा. मन्जिल श्रेष्ठ, डा. अर्जुन क्षेत्री, डा. लोकेन्द्र मण्डलको पूर्णकालीन सेवा रहेको छ । त्यसैगरी, वरिष्ठ न्यूरो फिजिसियन डा. बिरेन्द्र कुमार विष्ट, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. निकेश राज श्रेष्ठ, वरिष्ठ फिजिसियन तथा वाथ रोग विशेषज्ञ डा. विवेक कट्टेल, वरिष्ठ प्याथोलोजिष्ट डा. सागर राज पाण्डे, वरिष्ठ रेडियोलोजिष्ट डा. पन्नालाल शाह, वरिष्ठ रेडियोलोजिष्ट डा. निरज रेग्मी, वरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा. भुवनेश्वर यादव, वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेशप्रसाद साह, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रन्जन थापा, अरिष्ठ मुटु रोग विशेषज्ञ डा राजन कर्ण, वरिष्ठ मानसिक रोग विशेगनकुमार साह, फिजिसियन डा रमाकान्त राय, वरिष्ठ छाला रोग विशेषज्ञ डा. रिचा शर्मा, वरिष्ठ फिजियोथेरापिष्ट नवीन कुमार चौधरीलगायतका चिकित्सकीय टोली रहेको छ ।
यसै वर्ष अस्पतालले मोडुलर अपरेशन थिएटरको अतिरिक्त एमआरआई, एआई, सिटी स्क्यान, डेक्सा स्कयान र बिरामीहरुको लागी सुविधा सम्पन्न निजी क्याबिनहरूमा ठूलो लगानी गरेको अस्पतालले जनाएको छ । जसले बिरामीहरुको सही निदान र उचित हेरचाहमा ठूलो मद्धत पुग्ने बताइएको छ ।