२०८१ मंसीर २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’

विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’


विराटनगर-विराटनगरका चर्चित ईएनटी सर्जन डा. कैलाशकुमार श्रेष्ठसहितका तीन जना चिकित्सकहरु मिलेर ‘होप हेल्थ केयर’ संचालनमा ल्याएका छन् । डा. श्रेष्ठसहित पेट, फोक्सो, छाती, मुटु, कलेजो, थाइराइड, मिर्गौला, नसा, बाथ, प्रेसर मधुमेह रोग विशेषज्ञ डा. अरविन्द देव र एनएस्थेसिया डा. मनोज रायले मिलेर विराटनगर–४ बरगाछीस्थित लाइफ गार्ड हस्पिटल छेउमा ‘होप हेल्थ केयर’ संचालनमा ल्याएका हुन् ।

लाइफगार्ड हस्पिटल स्थापना गर्ने ईएनटी सर्जन डा. श्रेष्ठसहित, डा. देव र राय आफ्नो सेयर निकालेर हेल्थ केयर संचालनमा ल्याएका हुन् । आधा दर्जन संचालकको सेयर सदस्य रहेको लाइफ गार्डमा आन्तरिक द्धन्द्ध भएपछि डा. श्रेष्ठसहितको अन्य चिकित्सकहरु बाहिरिएका छन् ।

उनीहरुले संचालनमा ल्याएको होप हेल्थ केयरमा हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूती र नवजात शिशुको उपचार हुने गरेको छ । त्यसैगरी, मिर्गौलाको पत्थरी, मुत्रनलीको पत्थरी, प्रोस्टेड र यूरोलोजी सम्बन्धी सम्पूर्ण उपचार हुने गरेको डा. श्रेष्ठले जानकारी दिए । त्यसैगरी, जनरल सर्जरीदेखि नाक, कान, घाटीको सम्पूर्ण उपचार हुने गरेको छ । ‘एउटै छानामूनिबाट सम्पूर्ण स्वास्थ्य उपचार सेवा दिने पवित्र उद्देश्यले अहिले होप हेल्थ केयर संचालनमा ल्याएका छौं,’ डा. श्रेष्ठले भने, ‘अहिले सिमित सेवाहरु रहेको छ । विस्तारै थप उपचार सेवाहरु थप हुँदैं जानेछ ।’

होप हेल्थ केयरमा अत्याधुनिक उपकरणहरुबाट ल्याब परीक्षण हुने गरको म्यानिजिङ्ग डाइरेक्टर केदरनाथ साहले बताए । रगतबाट जाँच हुने सम्पूर्ण ल्याब परीक्षण अत्याधुनिक नयाँ लेटेस प्रविधिबाट हुने गरेको उनले बताए । ‘होप हेल्थ केयरबाट हुने ल्याब परीक्षणमा दक्ष प्राविधिकहरुबाट क्वालिटी कन्ट्रोल पनि हुने गरेको छ,’ उनले भने, ‘हामीले गुणस्तरीय स्वास्थ्य उपचारको लागि यसरी नयाँ लेटेस प्रविधिहरु भित्र्याएर उपचार सेवा सुरु गरेका हौं ।’ होप हेल्थ केयरमा अहिले दैनिक तीन दर्जन बढी बिरामीहरुले सेवा लिने गरेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ