२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’

डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’


विराटनगर—विराटनगरस्थित आर्या न्यूरो हस्पिटलका प्रबन्धक निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ नामक पुस्तक ल्याएका छन् । शुक्रबार सुनसरीको इटहरीस्थित सोल्टी होटलमा नेपाल न्यूरो सर्जन समाज (नेसन) को ११ औं राष्ट्रिय सम्मेलनमा डा. नेपालको उक्त पुस्तक विमोचन भएको हो ।

पुस्तकको विमोचन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल न्यूरोसर्जन समाजका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकालगायतले संयुक्त रुपमा गरे ।

कार्यक्रममा बोल्दै वरिष्ठ न्यूरो सर्जन डा. पंकजराजले यो पुस्तक नेपालमा न्यूरो सर्जरीको क्षेत्रमा अग्रगामी स्वर्गीय प्रा.डा.उपेन्द्रप्रसाद देवकोटाको शिक्षा र विरासतको प्रमाण भएको बताए । ‘यो दृष्टान्त एटलसको उद्देश्य उहाँले हामीलाई, उहाँका विद्यार्थीहरूलाई सिकाउनुभएका ज्ञानहरू, उहाँको निधन भएको लामो समयपछि हजारौंको जीवन बचाउने विकसित अभ्यासहरूसँग जोड्नु हो,’ डा. नेपालले भने ।

पुस्तकका दृष्टान्तहरू रेखाचित्र मात्र नभएर तिनीहरू आफ्नो न्यूरो सर्जनको रूपमा यात्राको प्रतिबिम्ब रहेको उनले बताए । ‘यस एटलसको प्रत्येक रेखाचित्र डिजिटल परिशुद्धतामा बनाइएको छ । जुन मैले गरेको शल्यक्रियाहरू, प्रोफेसर देवकोटाबाट सिकेका पाठहरूको सम्झनाहरू र विभिन्न पाठ्यपुस्तकहरूमा रहेको विशाल ज्ञानबाट प्रेरित थियो । यी तस्बिरहरू प्रस्तुत गर्न मात्र होइन तर सावधान कलात्मकताको भावनालाई मार्गदर्शन गर्नका लागि पनि हुन् । जुन हरेक सफल न्यूरो सर्जिकल प्रक्रियामा अन्तर्निहित हुन सक्छ,’ डा. नेपालले भने, ‘यस एटलसको प्रारम्भिक अध्यायहरूले प्रभावकारी न्यूरोसर्जिकल प्रविधिहरूको मेरुदण्डको रूपमा महत्वपूर्ण शारीरिक निष्कर्षहरूमा खोजी गर्दछ । क्रेनियल शल्यक्रियाको जटिलताहरू नेभिगेट गर्न चाहने कुनै पनि सर्जनको लागि यी सूक्ष्मताहरू बुझ्न आवश्यक छ । त्यसपछिका अध्यायहरू क्रेनियल ट्रमा, न्यूरोभास्कुलर, र ब्रेन ट्युमरहरूको व्यवस्थापनमा प्रयोग गरिने विभिन्न शल्य चिकित्सा प्रविधिहरूमा समर्पित छन् ।’

प्रत्येक प्रविधिलाई स्पष्ट, व्यावहारिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले विस्तृत रूपमा व्याख्या गरिएको उनले बताए । साथै प्रोफेसर देवकोटाको दृष्टिकोणको शिक्षाहरू पनि पुस्तकमा सुरक्षित राखिएको डा. नेपालले बताए ।

कार्यक्रममा नेपाल न्यूरो सर्जन समाजका अध्यक्ष डा. यामबहादुर रोकाले इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी पुस्तकले न्युरोसर्जनहरूका लागि बहुमूल्य स्रोतको रूपमा काम गर्ने बताए । डा. नेपालले लेखेको पुस्तकमा समावेश गरेको चित्रहरु उनी आफैले बनाएका हुन् । उनी आर्टप्रति शौखिन छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ