२०८१ कात्तिक ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जनस्वास्थ्यकर्मी महासंघद्वारा मेसु डा. राई कुटिएको घटनाको विरोध

जनस्वास्थ्यकर्मी महासंघद्वारा मेसु डा. राई कुटिएको घटनाको विरोध


विराटनगर—प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल कोशी प्रदेशले इनरुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि भएको आक्रमणको विरोध गरेको छ । गत शनिबार स्वास्थ्य कार्यलय, सुनसरीका प्रमुखसमेत रहेका डा. राईलाई उनको कार्यकक्षभित्रै हातपात तथा अमर्यादित गालीगलौज भएको थियो ।

घटनाप्रति आपत्ति जनाउँदै प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशका इन्चार्ज अन्जना पोखरेल र अध्यक्ष एकराज खत्रीले एक विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन् ।

‘अहोरात्र जनताको स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अराजक व्यक्तिहरुबाट निरन्तर भई रहेका यस प्रकारका अमानवीय क्रियाकलाप, अभद्र व्यवहार तथा ज्यादतीको महासंघ घोर निन्दा एवंम भर्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

आक्रमण गर्नेहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ (पहिलो संशोधन २०७९) तथा अन्य प्रचलित कानुनअनुसार कारवाही गर्न माग गरिएको छ । ‘अमर्यादित गाली गलौज, हातपात तथा आक्रमण गर्नेमाथि हदैसम्मको कारवाही गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उचित न्याय दिलाई सुरक्षाको प्रत्याभूतिसहित निर्वाध रुपमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै सरोकारवाला सँग प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । डा. राईलाई बिरामीको उपचारमा लापरबाही गरेको भन्दै एक समूहले कार्यकक्षमै पुगेर आक्रमण गरेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ