२०८१ असोज ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘मुख तथा दातको स्वास्थ्य उपचार नागरिकलाई सहज बनाउनुपर्छ’

‘मुख तथा दातको स्वास्थ्य उपचार नागरिकलाई सहज बनाउनुपर्छ’


नेपाल डेन्टल एसोसिएसनको २४ औं वार्षिक राष्ट्रिय सम्मेलन विराटनगरमा पहिलो पटक हुन गइरहेको छ । शनिबार हुने एसोसिएनको राष्ट्रिय सम्मेलनमा सहभागी हुन देशभरका दन्त्त चिकित्सक विराटनगर आइपुगेका छन् । मेडिकल काउन्सिलबाट ४ हजार ९ सय बढी डेन्टलका चिकित्सकले लाइसेन्स लिएका भएपनि आधा अर्थात करिब २ हजार ४०० चिकित्सक मात्रै नेपाल डेन्टल एसोसिएनमा आवद्ध छन् । जसमध्ये ४०० बढी चिकित्सक यो सम्मेलनमा सहभागी हुँदैछन् । डेन्टल एसोसिएनको राष्ट्रिय सम्मेलनमा केन्द्रीत रहेर नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा.डा. प्रणयरत्न शाक्यसँग हेल्थआवाजका लागि कोशी प्रदेश संयोजक अनिल श्रेष्ठले गरेको संक्षिप्त कुराकानी :

डेन्टल एसोसिएसनको राष्ट्रिय सम्मेलनको तयारी कहाँ पुग्यो ?
विराटनगरमा शनिबार विहान हुने नेपाल डेन्टल एसोसिएसनको २४ औं वार्षिक राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । देशभरका डेन्टल चिकित्सकहरु सम्मेलनमा सहभागी हुन विराटनगर आइपुगेका छन् । राष्ट्रिय सम्मेलन सफल बनाउन नेपाल डेन्टल एसोसिएसन मोरङका अध्यक्ष डा. पवन मेहताको संयोजत्वमा ४३ सदस्यीय मूल समारोह समिति बनाइएको छ । सम्मेलनमा देशभरका ४०० दन्त चिकित्सकहरुको सहभागिता हुनेछ । काठमाडौं बाहिर विराटनगरमा पहिलो पटक हुन लागेको यो सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न गर्न हामी सबै एक ढिक्का भएर लागि परेका छौं ।

काठमाडौं बाहिर राष्ट्रिय सम्मेलन पहिलो पटक हुँदैछ । यो सम्मेलनमा के हुनेछ ?
राष्ट्रिय सम्मेलनमा करिब १६ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताहरुको सहभागिता रहनेछ । त्यसबाहेक दर्जनौ दन्त्त चिकित्सकहरुले आफूले गरेको उपचारको सन्दर्भमा गरेको वैज्ञानिक कागज पोस्टरहरु सम्मेलनमा प्रस्तुत गर्नेछन् । सम्मेलनमा दन्त चिकित्साको क्षेत्रमा आएको नवीनतम उपकरणहरुका करिब ३० वटा कम्पनीले चिकित्सकहरुका सामु प्रदर्शनी पनि गर्नेछन् । सम्मेलनको मुख्य थिम भनेको दन्त चिकित्सामार्फत सुन्दर मुस्कान सिर्जना गर्दै अगाडि बढनु हो । यो सम्मेलनले दन्त चिकित्साको क्षेत्रमा भएका नवीनतम उपचार पद्धतिका सन्र्दभमा चिकित्सकहरु बीच आपसी अनुभव साटासाटसँगै भातृत्व समेत विकास गर्ने विश्वास छ ।

यो सम्मेलनले सरकारको ध्यानाकर्षण पनि गराउनेछ । अहिले चिकित्सकहरु अध्ययन पूरा गरेर विदेश जाने परिपाटी रहेको छ । त्यो रोक्न राज्यले जरुरी छ । यहाँको जनशक्तिको राज्यले उपभोग गर्नुपर्छ । त्यसको लागि राज्यले लोकसेवा खुलाएर यहाँको दक्षजनक्तिलाई यही स्वरोजगार दिने व्यवस्था गरिनुपर्दछ ।

विराटनगर सम्मेलनले के सन्देश दिनेछ ?
मान्छेहरुमा जनचेतना पनि फैलाउन जरुरी छ । दन्त्त चिकित्सकले गर्ने काम डाक्टरले गर्ने काम हो । नेपाल मेडिकल काउन्सिलमा आवद्ध नभएको र लाइसेन्स नभएकाहरुले अहिले काम गरेर चिकित्सकहरुको बदनामी भइरहेको छ । यो विषयमा राज्यले अनुगमन र निरीक्षण गरेर रोक्नु पर्दछ । यसमा जनचेतना पनि फैलाउन जरुरी छ । आम जनतालाई यस विषयमा बुझाउन जरुरी छ । मान्छेहरुको बुझाइ दातको भनेको एक जना डाक्टर भन्ने छ । दातको फरक–फरक डाक्टर हुन्छन् । विभिन्न विशेषज्ञता हासिल गरेका चिकित्सकहरु रहेका छन् । मुख तथा दात्तको स्वास्थ्यमा आम नागरिकलाई सहजता बनाउनु पर्छ । त्यसमा राज्यले लगानी गर्नुपर्छ ।

सम्मेलनको अघिल्लो दिन कार्यशाला पनि गर्दै हुनुहुन्छ । उक्त कार्यशालमा के—के हुन्छ ?
दन्त्त चिकित्साको क्षेत्रमा आएको नवीनतम प्रयोग र यस विषयमा जानकारी दिन हामीले कार्यशाला गोष्ठी राखेका हौं । राष्ट्रिय सम्मेलनको अवसर पारेर एसोसिएसनले विराटनगरको तीन ठाउँमा यो कार्यशाला राखेको हो । दन्त चिकित्साको तीन भिन्न क्षेत्रको विषयमा जानकारी दिने उद्देश्यले तीन ठाउँमा २५ जनाको समूह बनाएर ७५ जना चिकित्सकहरु वर्कसपमा सहभागी छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ