२०८१ असोज ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १देशभरका दन्त चिकित्सक विराटनगरमा, २४ औं राष्ट्रिय सम्मेलन शनिबार हुँदैं

देशभरका दन्त चिकित्सक विराटनगरमा, २४ औं राष्ट्रिय सम्मेलन शनिबार हुँदैं


विराटनगर–नेपाल डेन्टल एसोसिएसनको २४ औं वार्षिक राष्ट्रिय सम्मेलन विराटनगरमा शनिबार हुने भएको छ । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत देशभरका डेन्टल डाक्टहरु भेला हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको हो ।

राष्ट्रिय सम्मेलन सफल बनाउन नेपाल डेन्टल एसोसिएसन मोरङका अध्यक्ष डा. पवन मेहताको संयोजत्वमा ४३ सदस्यीय मूल समारोह समिति बनाइएको छ । सम्मेलनमा देशभरका करिब ४ हजार दन्तचिकित्सकहरुको सहभागिता रहने केन्द्रीय अध्यक्ष प्रणयरत्न शाक्यले जानकारी दिए ।

राष्ट्रिय सम्मेलनमा करिब १६ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताहरुको सहभागिता रहनेछ । ‘त्यसबाहेक दर्जनौ दन्त्त चिकित्सकहरुले आफूले गरेको उपचारको सन्दर्भमा गरेको अनुसन्धानमूलक वैज्ञानिक पोस्टरहरु सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ,’ अध्यक्ष शाक्यले भने, ‘विराटनगरमा हुन लागेको डेन्टल एसोसिएसनको पहिलो राष्ट्रिय सम्मेलन हो ।’

सम्मेलनमा दन्त्त चिकित्साको क्षेत्रमा आएको नवीनतम उपकरणहरुको करिब ३० वटा कम्पनीले चिकित्सकहरुको सामु प्रदर्शनी पनि गर्ने डेन्टल एसोसिएन मोरङका महासचिव डा. विवेक मेहताले जानकारी दिए । ‘सम्मेलनको मुख्य थिम भनेको दन्त चिकित्साबाट सुन्दर मुस्कान सिर्जना गर्दै अगाडि बढनु हो । यो सम्मेलनले दन्त चिकित्साको क्षेत्रमा भएका ननीनतम उपचार पद्धतिका सन्दर्भमा चिकित्सकहरुबीच आपसी अनुभव साटासाटसँगै भातृत्व समेत विकास गर्ने हाम्रो विश्वास रहेको छ,’ महासचिव डा. मेहताले भने ।

राष्ट्रिय सम्मेलनको अवसर पारेर एसोसिएननले विराटनगरको तीन ठाउँमा शुक्रबार कार्यशाला गोष्ठी पनि आयोजना गरेको छ । दन्त चिकित्साको तीन भिन्न क्षेत्रको विषयमा जानकारी दिने उद्देश्यले तीन ठाउँमा २५ जनाको समूह बनाएर ७५ जना चिकित्सकहरु वर्कसपमा सहभागी रहेको डेन्टल एसोसिएसन मोरङका अध्यक्ष डा. पवन मेहताले जानकारी दिए ।

एसोसिएसनको राष्ट्रिय सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ