२०८१ पुस १९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरो हस्पिटलमा एक हप्ता निःशुल्क ओपीडी, २४ वटा विशेष जाँचमा छुट

न्यूरो हस्पिटलमा एक हप्ता निःशुल्क ओपीडी, २४ वटा विशेष जाँचमा छुट


विराटनगर—विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालीटी अस्पतालले २४ औं वर्ष पुरा भएको अवसर विभिन्न कार्यक्रम आयोजना गरेको छ । शनिबार अस्पतालले विभिन्न कार्यक्रम आयोजना गरी २३ औं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा अस्पतालले भर्ना भएका बिरामीहरु तथा बिरामीका कुरुवाहरुलाई फलफुल तथा खाजा वितरण गरेको छ । त्यसैगरी एक कार्यक्रमको आयोजना गरेर २४ जना कर्मचारीलाई विशेष कदर पत्रप्रदान गरेको छ ।

सम्मानित कर्मचारीहरुलाई अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा विष्ट, मेडिकल डाइरेक्टर तथा वरिष्ठ फिजिसियन डा. विवेक कट्टेलले प्रमाणपत्र वितरण गरेका थिए । सोही कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा. विष्टले अस्पतालले बिरामीहरुको स्वास्थ्य र कल्याणलाई केन्द्रमा राखेर सेवा प्रदान गर्दे आएको बताइन् ।

अस्पतालले वार्षिकोत्सवको अवसर पारेर टाउको दुखाइको बिरामीहरुको लागि ९ देखि १४ भदौंसम्म वरिष्ठ विशेषज्ञ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट तथा विशेषज्ञ डा. सुनन्द पौडेलको ओपीडी सेवा निःशुल्क गरेको छ । त्यसैगगरी सोही अवधिभर २४ वटा विशेष जाँचमा २४ प्रतिशतसम्म छुटको व्यवस्था गरेको अपतालले जनाएको छ ।

वार्षिकोत्सवकै अवसर पारेर अस्पतालले एक हप्तासम्म घरदैलो कार्यक्रम गर्ने बताएको छ । अस्पताल रहेको वडा नं १० मा रहेको घर—घर गई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा छुट सहितको कार्ड वितरण गर्ने जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ