२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरो हस्पिटलले ल्यायो अत्याधुनिक उपकरण, एआइ पावर्ड १२८ स्यालाइसको सिटी स्क्यान संचालनमा

न्यूरो हस्पिटलले ल्यायो अत्याधुनिक उपकरण, एआइ पावर्ड १२८ स्यालाइसको सिटी स्क्यान संचालनमा


विराटनगर—विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले नेपालमै पहिलो पटक एआई पावर्ड १ सय २८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यान मेसिन र डेक्सा स्क्यान मेसिन संचालनमा ल्याएको छ । बिहीबार हस्पिटलमा एक कार्यक्रम आयोजना गरी उक्त मेसिनको उद्घाटन गरी संचालनमा ल्याइएको हो ।

सिटी स्क्यान मेसिन र डेक्सा स्क्यानको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् । संचालनमा आएको सिटी स्क्यान मेसिनबाट टाउको, नसा, हाडलगायतको जाँच गरिनुको साथै यसबाट मुटुको एन्जियोग्राफी पनि गरिने अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

सिटी स्क्यान मेसिन अमेरिका कम्पनीको पाँच करोड रुपैयाँमा खरिद गरेर ल्याएको हो । सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ । विषेशगरी मतिष्कघात, मतिष्कभित्रका चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा यो मेसिन उपयोगी हुने अस्पतालका वरिष्ठ हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ डा. नवीनकुमार कर्णले बताए । उनले सिटी स्क्यान मेसिनको स्लाइस क्षमता जति बढी भयो उति राम्रो रिपोर्ट आउने यसका साथै छिटो पनि हुने बताए ।

न्यूरो अस्पतालले स्थापनाकालदेखि नै प्रविधीको प्रयोगलाई जहिले पनि प्राथमिकतामा राखी ठूलो लगानी गर्दै आएको अस्पतालका अपरेशनल डाइरेक्टर भट्टराईले बताए । ‘पछिल्लो ६ महिनाको अन्तरालमा अस्पतालले करोडौं लगानी गरेर दुई अत्याधुनिक तथा नवीनतम प्रविधीयुक्त उपकरण एमआरआई र हालै सिटी स्क्यान मेसिन भित्र्याएका छौं । जसले आगामी समयमा बिरामीको परीक्षण र उपचारमा अग्रगामी फडको मार्दै प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्ने कुरामा हामी विश्वस्त छौं,’ अपरेसनल डाइरेक्टर भट्टराईले भने ।

समयको मागसँगै न्यूरोले प्रदान गर्ने सेवाहरु परिष्कृत गर्दै लगेको बताएको छ । नवीनतम प्रविधीयुक्त अत्याधुनिक उपकरणहरु जडान गरेर भरपर्दो र गुणस्तरीय सेवा प्रदान गरेको उनले बताए । ‘न्युरो अस्पताल स्वास्थ्य सेवा प्रवाहमा आएको परिवर्तनको संवाहकको रुपमा अग्रपक्तिमा रहन चाहन्छ र सेवाग्राहीहरुको हरेक आवश्यक्ता र अपेक्षाहरुलाई समय सापेक्ष रुपमा सम्बोधन गर्दै अगाडि बढेको छ । स्वास्थ्य सेवा प्रवाहको विषयमा न्युरोले गम्भिर तथा जिम्मेवार थियो छ र भविष्यमा पनि रहनेछ,’ डाइरेक्टर भट्टराईले भने ।

सुविधा सम्पन्न क्याबिन

न्यूरो हस्पिटलले सुविधा सम्पन्न क्याबिन पनि संचालनमा ल्याएको छ । हस्पिटलको छैटौं तलामा होटल स्टेन्डरको क्याबिन संचालनमा ल्याएको हो ।

छैटौं तलामा सात वटा सुविधासम्पन्न क्याबिन बिहीबारदेखि संचालनमा आएको छ । बिरामी कुरुवा बस्नेसहितको क्याबिनमा सम्पूर्ण सेवाहरु उपलब्ध रहेको छ । क्याबिनमा डिलक्स रुमहरु रहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ