२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १ल्याब टेक्निसियन रहस्यमय मृत्यु प्रकरण : प्रेमिकासहित दुई जना विरुद्ध ‘आत्महत्या दुरुसाहन’ मुद्दा

ल्याब टेक्निसियन रहस्यमय मृत्यु प्रकरण : प्रेमिकासहित दुई जना विरुद्ध ‘आत्महत्या दुरुसाहन’ मुद्दा

बिहीबार थुनछेक बहस हुने, पाँच वर्ष कैद सजायको माग दाबी


विराटनगर— धनकुटा जिल्ला अस्पतालमा कार्यरत पाँचौ तहका ल्याब टेक्निसियन अर्जुनकुमार मेहताको रहस्यमय मृत्यु प्रकरणमा पक्राउ परेकी प्रेमिका सुशीला कुमारी मेहतासहित दुई जना विरुद्ध मुद्दा दायर भएको छ ।

सुनसरीको देवानगन्ज गाउँपालिका–६ घर भएका २७ वर्षीय अर्जुनको आत्महत्या दुरुत्साहन मुद्दामा देवानगन्ज गाउँपालिका—१ की २३ वर्षीया सुशीला र चिन्टुकुमार मेहता विरुद्ध मोरङ अदालतमा बुधबार मुद्दा दायर भएको हो ।

चिन्टुकुमारलाई फरार प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर भएको छ । चिन्टु सुशीलाका भाइ हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उपदफा (१) बमोजिम पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म वा बिगो वा कैद सजाय दुवै माग दाबी राखेर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ ।

अदालतमा अभियोग दर्ताभएपछि बिहीबार थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङका सुचना अधिकारी ओम सुवेदीले जानकारी दिए । प्रतिवादीको अदालतमा बयान सकिएपछि थुनछेक हुनेछ । थुनछेक आदेशले पुर्पक्षको लागि थुनामा पढाउने, साधरण तारेखमा छोड्ने वा धौरौटीमा छाड्ने आदेश हुनेछ ।

अर्जुन असार ९ मा विराटनगर ११ पिचरास्थित कोठामा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । अर्जुनका आफन्तहरुले सुशीला र उनका भाइ चिन्टुले आत्महत्या गर्न बाध्य बनाएको भन्दै मोरङ प्रहरीमा ‘आत्महत्या दुरुत्साहन’ मा किटानी जाहेरी दर्ता गराएको थियो । २५ असारमा सुशीला पक्राउ परेकी थिइन् । प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोग दर्ता गरेको हो ।

सुशीला र अर्जुन विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । प्रेमको नाटक गरेर सुशीलाले अर्जुनलाई ब्यालकमेलिङ गरेर धम्काउँदै ५० लाख रुपैयाँ माग गरेपछि अर्जुनले आत्महत्या गरेको उनले लेखेको सुसाइट नोटमा उल्लेख छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ