२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एनएमए कोशीको अध्यक्षमा डा. राजेन्द्र, महासचिवमा डा. बालकृष्ण

एनएमए कोशीको अध्यक्षमा डा. राजेन्द्र, महासचिवमा डा. बालकृष्ण


विराटनगर—नेपाल चिकित्सक संघ (एनएमए) कोशी शाखाको अध्यक्षमा डा. राजेन्द्र चौधरी निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा भएको संघको अधिवेशनबाट चौधरीसहित १३ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका चौधरी विराटनगरस्थित गेटवेल अस्पतालका कन्सल्ट्यान्ट रेडियोलोजिष्ट हुन् । उनी यसअघि संघको महासचिव थिए । यसअघिको अधिवेशनमा संघमा निर्वाचनबाट कार्यसमिति चयन हुने गरेको थियो ।

यस पटक भने सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा न्यूरो अस्पतालका वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. नवीनकुमार कर्ण, उपाध्यक्षमा कोशी अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. शिलावन्त सेन श्रीवास्तव, महासचिवमा मोरङ सहकारी अस्पतालका प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह सर्वसम्मत भएका छन् ।

यसैगरी, सह–सचिवमा कोशी अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रामकुमार यादव, कोषध्यक्षमा कोशी अस्पतालकै वरिष्ठ कन्सल्ट्यान्ट युरोलोजिष्ट डा. सुनिल रेग्मी र सह–कोषाध्यक्षमा नोबेल अस्पतालका कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. तेजेन्द्र कार्की चयन भएका छन् ।

सदस्यहरुमा विराट मेडिकल कलेजका एसोसिएट प्रोफेसर फिजियोलोजी डा. कोपिला अग्रवाल, हार्दिक डेन्टल क्लिनिकका डेन्टल सर्जन डा. प्रेक्षा दली, नोबेलका एसोसिएट प्रोफेसर, कम्युनिटी मेडिसिन डा. अमरकुमार यादव, विराट मेडिकल कलेजका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रितेशकुमार सिंह, विराट मेडिकल कलेजका प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. जीवनाथ धमला, मेडिकल अधिकृत डा. राजाबाबु मण्डल निर्विरोध निर्वाचित भएका हुन् ।

१३ जना कार्यसमितिको लागि भएको निर्वाचनमा १३ जनाको मात्रै उम्मेदवारी परेपछि निर्वाचन समितिले निर्विरोध घोषणा गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ