२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी प्रदेशमा स्वास्थ्यमा बढ्यो बजेट, आर्थिक वर्षको लागि ३ अर्ब ५८ करोड विनियोजन

कोशी प्रदेशमा स्वास्थ्यमा बढ्यो बजेट, आर्थिक वर्षको लागि ३ अर्ब ५८ करोड विनियोजन


विराटनगर—कोशी प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि स्वास्थ्यमा ५१ करोड रुपैयाँ बजेट बढाएर ल्याएको छ । चालु आर्थिक वर्षको लागि सरकाले २ अर्ब ७ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

आइतबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै आन्तरिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले स्वास्थ्यमा ३ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराए ।

झापाको मेची अस्पताललाई उत्कृष्ट सेन्टर बनाउनका लागि ६० करोड ५५ लाख रुपैयाँ बजेट बिनायोजन गरिएको छ । औषधी प्रयोजनको लागि गाजाको व्यवसायिक उत्पादनको लागि संघ सरकारसँग आवश्यक समन्य गरिने मन्त्री मगरले बताए ।

स्वास्थ्यकर्मीलाई विशेष भत्ताको व्यवस्थाको लागि ६ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश मातहतका अस्पतालकहरुलाई १० वर्षमुनिका बालबालिकाहरुको उपचारको लागि ४ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गुणस्तरीय प्रयोगशालाको लागि ५ करोड बजेट विनियोजन गरिएको मन्त्री मगरले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ