२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा विरामी मृत्यु प्रकरण : कारवाही फिर्ता नगरे आन्दोलनमा उत्रिने स्वास्थ्यकर्मीको चेतावनी

कोशीमा विरामी मृत्यु प्रकरण : कारवाही फिर्ता नगरे आन्दोलनमा उत्रिने स्वास्थ्यकर्मीको चेतावनी


विराटनगर -विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा विराटनगर–६ घर भएकी ७२ वर्षीया समसा बेगमको मृत्यु भएको घटनामा दुई जना चिकित्सकमाथि भएको कारवाही अस्पताल प्रशासनले तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

अस्पताल विकास समिति कर्मचारी यूनियन इकाई कोशी र नेपाल चिकित्सक संघ कोशीले शुक्रबार छुटा– छुट्टै विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

अस्पताल विकास समितिका सदस्य हरि भट्टराईको संयोजनमा गठन भएको ७ सदस्यीय छानविन समितिको दिएको प्रतिवेदन अनुसार आकस्मिक कक्ष र आईसीयूका स्वास्थ्यकर्मीको समन्वय र लापरवाहीले गर्दा बेगमको मृत्यु भएको प्रतिवेदन अस्पताल प्रशासनलाई बुझाएको थियो । उक्त प्रतिवेदनको आधरमा आकस्मिक कक्षका मेडिकल अफिसर डा. तुलसी गोइत र आइसीयूका मेडिकल अफसिर डा. सृजना शर्मालाई कारवाही गरेको थियो । उनीहरुलाई कारवाही स्वरुप संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको थियो । उनीहरु छात्रवृत्ति करारका चिकित्सक हुन् ।

त्यसैगरी डा. रोहित यादव, कर्मचारीहरु अमत झा, मुकेश यादव र अर्चना राजवंशीलाई स्पष्टिकरण सोध्ने र कर्मचारीहरु रेनुका चौधरी, स्विटी शाह, स्मृति घिमिरे र रिता ओझालाई शाखा परिवर्तन गर्ने निर्णय गरेको थियो ।

हचुवाको भरमा स्वास्थ्यकर्मीहरुमाथि गरिएको कारवाही तत्काल फिर्ता नलिए स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिने कोशी अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. रोशन खड्काले बताए ।

‘नियम र कानुनलाई बेवास्था गरी भएको मनोपली ढंगको कारवाहीले अस्पतालका मेसुको निरंकुश शैली देखिएको छ । डियुटिमा खटिएका चिकित्सक तथा कर्मचारीहरुलाई एक शब्द पनि नसोधी आफ्नो स्पष्टिकरण दिने अवसर पनि नदिई ठाडै निष्कासन सम्म गर्ने दुस्साहस मेसुलाई कसरी प्राप्त भयो ? । यसरी हचुवाको भरमा चिकित्सकलाई कारवाही गरिनु भनेको उनीहरुको मनोबल गिराउने कार्य हो । चिकित्सक र स्वास्थ्यकर्मी उपचारमा संलग्न रहदा कर्मचारीहरुको मनोबल गिराउने तरिकाले भएको यो कारवाहीको प्रक्रिया तत्काल फिर्ता लिनु पर्दछ ।

स्वास्थ्यकर्मीहरुलाई सहज रुपमा कामकाज गर्ने वातावरण सिर्जना नहुने हो भने युनियन आन्दोलनमा उत्रिन बाध्य हुनेछ,’ जारी विज्ञप्तीमा उल्लेखछ ।

११ जेठमा उपचारको क्रममा बेगमको मृत्यु भएको थियो । चिकित्सक र स्वास्थ्यकर्मीहरुको आवश्यक समन्वय अभाव र तत्काल आईसीयू नपाएको कारण बेगमको मृत्यु भएको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ