२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा बिरामीको मृत्यु प्रकरण : दुई चिकित्सकलाई कारवाहीको सिफारिस, ८ कर्मचारीको जिम्मेवारी हेरफेर

कोशीमा बिरामीको मृत्यु प्रकरण : दुई चिकित्सकलाई कारवाहीको सिफारिस, ८ कर्मचारीको जिम्मेवारी हेरफेर


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा विराटनगर–६ घर भएकी ७२ वर्षीया समसा बेगमको मृत्यु भएको घटनामा दुई जना स्वास्थ्यकर्मीको लापरवाही गरेको छानविन समितिले औल्याएको छ ।

अस्पताल विकास समितिका सदस्य हरि भट्टराईको संयोजनमा गठन भएको ७ सदस्य छानविन समितिको दिएको प्रतिवेदनअनुसार आकस्मिक कक्ष र आईसीयूका स्वास्थ्यकर्मीको समन्वय र लापरवाहीले गर्दा बेगमको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

मृतकका आफन्तले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीले बेगमको मृत्यु भएको भन्दै छानविन समिति गठनको माग गरेका थिए । आइतबार बसेको बैठकले कोशी अस्पताल विकास समितिका सदस्य भट्टराईको संयोजकत्वमा सात सदस्सीय समिति गठन गरेको थियो ।

समितिको सदस्यहरूमा नर्सिङ अधिकृत मन्जु यादव, डा. मनोजकुमार ठाकुर, डा. रोशन खड्का, कृपा शाखी, गजेन्द्रप्रसाद यादव र इन्दिरा यादव सदस्यसचिव रहेकी थिइन् । समितिले सोमबार छानविन सकेर प्रतिवेदन अस्पताल प्रशासनलाई बुझाएको छ । छानविन समितिले दिएको प्रतिवेदनको आधारमा कारवाहीको प्रक्रिया अगाडि बढाउने कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले बताए ।

११ जेठमा उपचारको क्रममा बेगमको मृत्यु भएको थियो । चिकित्सक र स्वास्थ्यकर्मीहरुको आवश्यक समन्वय अभाव र तत्काल आईसीयू नपाएको कारण बेगमको मृत्यु भएको थियो । छानविन समितिले दिएको प्रतिवेदनको आधारमा अस्पताल प्रशासनले थप कदम अगाडि बढाउने बताइएको छ ।

बैठकले आकस्मिक कक्षका मेडिकल अफिसर डा. तुलसी गोइत र र्आसीयूका मेडिकल अफसिर डा. सृजना शर्माले जिम्मेवारी पूरा नगरेको पाइएको छानविन समितिका संयोजक भट्टराईले बताए ।

उनीहरुले डियूटी समयमा आफ्नो जिम्मेवारी पूरा नगरेपछि कारवाही स्वरुप संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय फिर्ता पठाउने निर्णय भएको उनले बताए । उनीहरु छात्रवृत्ति करारका चिकित्सक हुन् । ‘आकस्मिक कक्षमा कार्यरत चिकित्सक र कर्मचारीले बिरामीको बीइसी नगरी आईसीयू पठाएको देखियो । मेडिकल विभागको आईसीयू खाली नभएको अवस्थामा फिजिसियनले सिफारिस गरेको देखियो र आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीले बीएलसी नगरेको देखियो,’ छानविन प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी डा. रोहित यादव, कर्मचारीहरु अमत झा, मुकेश यादव र अर्चना राजवंशीलाई स्पष्टिकरण सोध्ने र कर्मचारीहरु रेनुका चौधरी, स्विटी शाह, स्मृति घिमिरे र रिता ओझालाई शाखा परिवर्तन गर्ने निर्णय गरेको उनले बताए । अस्पताल प्रशासनले उक्त घटनामा अस्पतालको गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउने प्रतिवद्दता समेत व्यक्त गरेको बैठकमा सहभागी भएका वसिम आलमले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ