२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चिकित्सक कुटपिट प्रकरण : ओपीडी ठप्प पारेर चिकित्सक आन्दोलनमा

चिकित्सक कुटपिट प्रकरण : ओपीडी ठप्प पारेर चिकित्सक आन्दोलनमा


विराटनगर -मोरङको उर्लावारी नगरपालिका — ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले ओपीडी  सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले चिकित्सक कुटनेलाई कारवाही गरिनुपर्ने र शान्ति सुरक्षाको व्यवस्था गरिनुपर्ने माग राख्दै बुधबार अस्पतालको ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिने भएका हुन् ।

आकस्मिक कक्षको सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरू ठप्प पारेर चिकित्सक र स्वास्थ्यकर्मीहरु दिनभरी आन्दोलनमा उत्रिए ।

उनीहरूले चिकित्सक कुटन पाइदैन, कुटपिट गर्नेलाई कारवाही गरिनुपर्ने र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी राज्यले गरिनुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
चिकित्सकको आन्दोलनका कारण ओपीडिमा आएका विरामीहरु स्वास्थ्यकर्मीलाई चेकजाँच नगरि फर्किएका थिए ।

अस्पतालमा कार्यरत मेडिकल अधिकृत मोरङ पथरी शनिश्चरे नगरपालिका—१ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकी र डा. अनिलकुमार यादवलाई स्थानीय युवाहरुले कुटपिट गरेका थिए । ३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि मंलबारेका सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ । उनीहरुले डा. बुढाथोकीमाथि पूरानो रिसिइबीलाई लिएर आक्रमण गरेका हुन् ।

त्यसैगरी, ७ जेठमा आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डा. यादवलाई आक्रमण गरेको बताएका छन् । इलका प्रहरी कार्यालय उर्लावारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासले अभद्र व्यवहारमा जाहेरी दर्ता भएको बताए । जिल्ला प्रशासन कार्यलयबाट पक्राउ अनुमति पत्र पनि आइसकेकाले आक्रमणमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आक्रमण गर्नेहरु फरार रहेका छन् । खोजी कार्य तीव्र बनाएको मोरङ प्रहरीले जनाएको छ ।

अस्पतालमा ओपीडीमा दैनिक ५ देखि ७ सय जना बिरामीले सेवा लिने गरेका छन् । अस्पतालमा १३० जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।

यता अस्पतालका मेसु रवि कुमार साहले चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि ओपीडि सेवा बन्द भएको बताए । ‘ओपीडि सेवा बन्द भएपछि आकस्मिक सेवाहरु निरन्तरता रहेको छ,’ उनले भने, ‘चिकित्सक नआएपछि सेवा बन्द भएको हो ।’ छलफलको माध्यमबाट सेवा सुचारु गर्न लागि परेको उनले बताए ।

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारवाहीको माग

दुई जना चिकित्सकलाई कुटपिट गर्नेलाई कारवाहीको माग राखेको छ । नेपाल चिकित्सक संघ कोशीले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो माग राखेका हुन् ।

चिकित्सकलाई कुटपिट गर्ने विरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएको तीन दिन भइसक्दा पनि घटनामा संलग्न पक्राउ नपर्नुले गम्भिर ध्यानकर्षण भएको अध्यक्ष डा. फरवार्ड सिलवाल र महासचिब डा. राजेन्द्र चोधरीले जारी गरेको विज्ञप्तीमा उल्लेखछ ।

चिकित्सक कुटपिट गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीमा ल्याउन उनीहरुले जोडदार माग गरेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ