गृहपृष्ठ ∕ प्रदेश १ ∕ रक्सीले मातेर महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ रक्सीले मातेर महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ हेल्थ आवाज मंगलबार, २०८० साउन २३ गते, १८:१६ मा प्रकाशित सांकेतिक तस्विर विराटनगर—एक जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका डा. महतोले विराटनगरस्थित यातायात सेवा कार्यालयमा आँखा जाँच गर्ने जिम्मेवारी पाएका थिए । सोही कार्यका लागि राखिएकी महिला कर्मचारीले काम छाडेकी थिइन् । डा. महतोले रक्सीले मातेर ती कर्मचारीका घरमा पुगेर काम छाडेको निहुँमा गालीगलौज गर्दै अभद्र व्यवहार गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ । डा. महतोलाई प्रहरीले आइतबार राति १० बजेतिर विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो । उनले कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण (आँखा जाँच) गर्ने गरेका थिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साढे १२ करोड लागतमा बन्ने गौरादह नगर अस्पतालको प्रधानमन्त्रीबाट शिलान्यास कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती… नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा… उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति कोशी अस्पतालमा थालसेमियाको उपचार सुरु धेरै पढिएका १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद २ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ३ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल यौनको विषयमा महिलाहरु एक दिनमा कति पटक सोच्छन् ? यौन लत हो भन्नु गलत, अध्ययन ले पत्ता लगायाे पुरुष यौन गतीविधी सम्बन्धी ८ नयाँ तथ्य परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल यौनको विषयमा महिलाहरु एक दिनमा कति पटक सोच्छन् ? यौन लत हो भन्नु गलत, अध्ययन ले पत्ता लगायाे पुरुष यौन गतीविधी सम्बन्धी ८ नयाँ तथ्य परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद