२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा कर्मचारी नियुक्तिको तयारी, डोर हाजिरमा काम गर्ने कर्मचारी आन्दोलित

कोशी अस्पतालमा कर्मचारी नियुक्तिको तयारी, डोर हाजिरमा काम गर्ने कर्मचारी आन्दोलित


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालका डोर हाजिरमा काम गर्ने कर्मचारीहरू आन्दिलत भएका छन् । उनीहरूले करारमा नियुक्ति गरिनुपर्ने माग राख्दै शुक्रबार आन्दोलन गरेका हुन् ।

१५ वर्षदेखि डोर हाजिरमा काम गर्दै आएका करिब ७० जना कर्मचारीहरूले करारमा नियुक्ति गरिनुपर्ने भन्दै शुक्रबार सरसफाइ कार्यक्रम रोकेर विरोधमा उत्रिए । डोर हाजिरमा काम गर्ने कार्यालय सहयोगी र स्वीपर रहेका छन् ।

भएका ज्याला दरीका कर्मचारीलाई बाइपास गरेर अस्पतालले करारमा ७ जना कार्यालय सहयोगी नियुक्ति गर्ने तयारी गरेपछि उनीहरु आन्दोलित भएका हुन् । आकस्मिक कक्ष र एनआइसियू संचालन गर्ने भन्दै अस्पतालले करारमा कर्मचारी नियुक्ति गर्ने तयारी गरेको हो ।

यहाँ कार्यरत डोर हाजिरका कर्मचारीहरुले भने भएका कर्मचारीहरु व्यवस्थापन गरेर १५ वर्षदेखि काम गर्दै आएका ज्यालादरी कर्मचारीलाई करारमा नियुक्ति गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिनुपर्ने अवस्था अएको एक जना कर्मचारीले बताए । ‘हामी वर्षौ देखि ज्यालादारीमा काम गर्दै आएका छौं । आजसम्म कोशी अस्पतालमा काम गरेको १५ वर्ष भइसक्यो । तर, हामीलाई राज्य स्थाइ वा करारमा नियुक्ति गर्ने चासो देखाएन,’ एक जना ज्याला दरीका कर्मचारीले भने, ‘अहिले हस्पिटलमा करारमा कार्यालय सहयोगी नियुक्ति गर्ने तयारी गरिएको छ । यहाँ भएका कर्मचारीलाई नियुक्ति गर्नुको साटो बाहिरबाट आफ्नो मान्छे ल्याउने खेलमा हस्पिटल प्रशासन लागि परेको छ ।’

यता अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले अस्पतालमा थप नयाँ सेवा सुचारु गर्ने भएकोले दक्ष जनशक्ति थप गर्ने तयारी गरिएको बताए । ‘कोशी अस्पतालको आकस्मिक कक्षा भित्र ल्याब र फार्मेसी संचालन गर्ने तयारी गरिएको छ । त्यसँगै बच्चाको एनआइसियू पनि संचालनको तयारी छ,’ उनले भने, ‘त्यसको लागि दक्ष जनशक्तिको आवश्यक पर्दछ । केही भएर केही संख्यामा यसअघि हस्पिटलमा भोलेन्टियर गर्दै आएका दक्ष व्यक्ति छनौट गरिने भनिएको हो ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ