२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दुर्घटनामा छिनेकाे हातको नशा विराट नर्सिङमा डा. गुप्ताको टिमले ‘भास्कुलर सर्जरी’ गरेर जोडे

दुर्घटनामा छिनेकाे हातको नशा विराट नर्सिङमा डा. गुप्ताको टिमले ‘भास्कुलर सर्जरी’ गरेर जोडे


विराटनगर -विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नशाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नशा काटिएर आएका बिरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् ।

१७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काटिएर त्यसदेखि मुनिको रक्त संचार बन्द भएको थियो । त्यसपछि उनलाई विराट नर्सिङ होममा ल्याइएको थियो । अस्पतालका डा. गुप्ताको नेतृत्वको टिमले लगातार ६ घण्टा शल्यक्रिया गरेर काटिएको नसा जोडेर हात काटने अवस्थाबाट जोगाउन सफल भएका हुन् ।

यसरी काटिएको नसालाई ब्रेकियल आरट्री जोडिएको उपचारमा संलग्न डा. गुप्ताले बताए । ‘यसरी उपचार गरिने प्रविधिलाई भास्कुलर सर्जरी भनिन्छ,’ डाक्टर गुप्ताले भने । भास्कुलर सर्जरी अहिले बिरलै हुने गरेको उनले सुनाए । एक दशक बढी विराट नर्सिङ हस्पिटलमा काम गर्दा अहिलेसम्म ६ वटा यस्तो केस आएको उनले सुनाए । आएको सबै केसहरू सफल भएको उनको भनाइ छ ।

यस्ता बिरामी ढिलो आए बचाउन नसकिने डाक्टर गुप्ताले सुनाए । हातको आरट्री काटिएको बिरामी जतिसक्दो चाँडै हस्पिटल आए बचाउन सकिने उनी बताउँछन् ।

‘अहिले सफल उपचार भएको बिरामीको हातबाट रगत कन्ट्रोल भएको थिएन । आरट्री कटिएको थियो । कुइनोमाथि हुन्छ एउटा मात्र ब्रेकियल आरट्री । यसले रगतलाई संचार गर्ने काम गर्दछ । माथिको आरट्री काटिएको थियो ।

बिरामी हस्पिटलमा दुर्घटना भएको एक घण्टा भित्र आइपुगेका थिए । यहाँ आउँदा बिरामीका अफान्त कोही थिएन्,’ डा. गुप्ताले भने, ‘ हामीले प्रहरीलाई साची राखेर अप्रेसन गरियो । ९ः १५ मा अप्रेसन गरेको विहान ३ः १५ मा अप्रेसन सकियो । यसरी ६ घण्टा लगाएर अप्रेसन गरी विरामीमा बचाएका छौं ।’

अप्रेसन गरेको दुई हप्तापछि शुक्रबार डिस्चार्ज गरिने उनले बताए । ‘अहिले बिरामी ठिक भएको छ । घाउ पनि ठिक भएकोले डिस्चार्ज दिने तयारी गरिएको हो,’ उनले भने ।

विराट नर्सिङ होममा नयाँ जीवन पाएको बिरामी स्वर्णकारले बताए । ‘हस्पिटल ल्याउँदा मेरो अवस्था एकदमै नाजुक रहेछ । अप्रेसन गरेको भिडियो हेरेपछि थाहा पाए । यहाँ ल्याएर चिकित्सकलाई देखाएपछि शल्यक्रिया गरेर दुई हप्तापछि ठिक हुँदै गएको छु,’ डिस्चार्जको अघिल्लो दिन स्वर्णकारले भने, ‘अहिले ठाउँ पनि ठिक हुँदै गएको छ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ