विराटनगर—जनस्वास्थ्य क्षेत्रलाई धरासायी हुन बाट बचाउन आवश्यक नीति, नियम बनाउनुपर्ने एक कार्यक्रममा जनस्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । मोरङ भएको कोशी प्रदेशस्तरीय जनस्वास्थ्यकर्मी भेलामा सहभागी जनस्वास्थ्यकर्मीहरुले यस्तो बताएका हुन् ।
जनस्वास्थ्यकर्मी उत्पादनमा कमी आएको चिन्ता व्यक्त गर्दै उनीहरुले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगले वैचारिक बहस चलाउनुपर्ने उनीहरुले बताए । जनस्वास्थ्यका क्षेत्रलाई धारसायी हुनबाट बचाउन प्रदेश सरकारले आवश्यक नीति, नियम निर्माण गरिनुपर्नेमा जनस्वास्थ्यकर्मीहरुले जोड दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले स्वास्थ्य क्षेत्र वैज्ञानिक अनुसन्धानको क्षेत्र भएकोले अनुसन्धानमा जोड दिनुपर्ने बताए । उनले अनुसन्धानअनुसार नीति, नियम बनाउनुपर्ने बताए । हचुवाको भरमा ल्याएको नीतिको काम नहुने उनले बताए ।
कोशी प्रदेश जनस्वास्थ्य संघको अध्यक्ष एवं स्वास्थ्य कार्यालय सुसरीको प्रमुख सागर प्रसाईले प्रदेश ऐन, नियमावलीमा स्वास्थ्य शब्द नै छुटेकोले पैरवी गरेर त्यो शब्द राखिएको बताए । जनस्वास्थ्यकर्मीहरुको आवाज एक भए मात्र माग पूरा हुने भएकोले संगठित हुनुपर्ने उनले बताए ।
भेलाले जल्ला जनस्वास्थ्य समिति गठन गर्न संयोजक पनि तोकेको छ ।