गृहपृष्ठ ∕ प्रदेश १ ∕ बेवारिसे बिरामीको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. शर्माद्वारा उद्धार बेवारिसे बिरामीको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. शर्माद्वारा उद्धार हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक ५ गते, ११:१४ मा प्रकाशित विराटनगर—विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले दर्दनाक अवस्थाको बेवारिसे बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेका छन् । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई डा. शर्माले उद्धार गरेर नोबल अस्पताल ल्याए। आईसियुमा राखेर निःशुल्क उपचार गरेका हुन् । लहान अस्पताल नजिक भेटिएका करिब ४० वर्षीय वेवारिसे पुरुषको अवस्था अत्यन्तै दर्दनाक थियो । उनको दाहिने खुट्टाको हड्डी पूर्ण रुपमा भाँचिएर घुँडाभन्दा मुनीको भाग छालाको भरमा मात्र झुण्डिएको छ । भाँचिएको खुट्टाको उपचार नपाउँदा घाउमा किरा परेर दुर्गन्ध फैलनुका साथै झिंगाले घेरेको थियो । धेरै दिनदेखि भुँइमा लडिरहेका उनको अवस्था अत्यन्तै दर्दनाक थियो । उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा रहेका उनलाई उद्धार गरेर नोबेल ल्याइएको हो । लहान अस्पतालमा कार्यरत डा.बृजेन्द्र कुमार शाहले बेवारिसे बिरामीको अवस्थाबारे शर्मालाई जानकारी गराएर उनको उद्धारमा सहयोग गरेका थिए । गम्भिर अवस्थामा रहेका उनलाई लहान अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नोबेल ल्याइएको थियो । शर्माले आपत र अलपत्र अवस्थामा परेका व्यक्तिलाई सहयोग गर्नु मानवीय कर्तव्य भएकाले सहयोग गरेको बताए । उद्धार गरेर ल्याइएका बिरामीलाई नोबेल अस्पतालको भेन्टिलेटरमा राखिएको छ । चिकित्सकहरुका अनुसार उनको अवस्था गम्भीर छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प Kalpana Craft ट्रेण्डिङ करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया स्वास्थ्य सेवा विभागका महानिर्देशक र भरतपुरका मेसुलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया स्वास्थ्य सेवा विभागका महानिर्देशक र भरतपुरका मेसुलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल