गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगर महानगरद्वारा निःशुल्क आँखा शिविर सञ्चालन विराटनगर महानगरद्वारा निःशुल्क आँखा शिविर सञ्चालन हेल्थ आवाज बिहीबार, २०७९ कात्तिक १७ गते, ११:२० मा प्रकाशित विराटनगर—विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । विराटनगर—६ स्थित रामपुरमा आयोजित शिविरको महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरेका हुन् । गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा महानगरले विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने मेयर कोइरालाले बताए । आँखा संवेदनशील अंग भएकाले बेलैमा उपचार गर्नुपर्नेमा उनले जोड दिए । महानगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउँदै मेयर कोइरालाले हरेक वडामा शिविर सञ्चालन गर्ने प्रस्ट पारे । बुधबार सञ्चालन गरिएको शिविरमा १ सय ४० जनाले आँखा जाँच गराएका थिए । त्यसमध्ये ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएकाले अस्पतालमा बोलाइएको गोल्छा आँखा अस्पतालका प्रमुख प्रशासक विन्देश्वर महतोले बताए । यसअघि विराटनगर—१ मा शिविर सञ्चालन भइसकेको छ । वडा नम्बर १ को शिविरमा आएका मध्ये ५३ जनाको शल्यक्रिया भइसकेको महतोले जानकारी दिए । शिविरमा गोल्छा आँखा अस्पतालका चिकित्सक राजेश यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखाको जाँच गरेको थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपी सर्जरी सुरू कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता… अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश… विराटनगरको संजीवनी हस्पिटलमा सञ्चालकबीच लफडा धरानका मेयरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘ग्रीन वेल्ट’ क्षेत्रमा… धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प ७ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान योग के हो ? यसका प्रकार र फाइदा दशैंका बेला फुड पोइजनिङ हुँदा घरमै के गर्ने ? स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान योग के हो ? यसका प्रकार र फाइदा दशैंका बेला फुड पोइजनिङ हुँदा घरमै के गर्ने ? स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा