२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराट नर्सिङ होममा दुर्लभ शल्यक्रिया, पाठेघरबाट ९ किलो २ सय ग्रामको ट्युमर निकालियो

विराट नर्सिङ होममा दुर्लभ शल्यक्रिया, पाठेघरबाट ९ किलो २ सय ग्रामको ट्युमर निकालियो

पाठेघरमा रहेको यति ठूलो ट्युमर देखेको थिइनँ : डा. कार्की


विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल)मा एकजना महिलाको पाठेघरको टयुमरको दुर्लभ शल्यक्रिया गरिएको छ । बुधबार पथरीशनिश्चरे नगरपालिका–४ की ३९ वर्षीया एक महिलाको पाठेघरमा रहेको ९ किलो २ सय ग्रामको ‘फाइब्रोड’ नामक ट्युमर शल्यक्रिया गरी निकालिएको हो ।

उक्त दुर्लभ शल्यक्रिया वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वको टिमले गरेको हो । करिब १ घण्टा २० मिनेट लगाएर पाठेघरमा रहेको ट्युमरको सफल शल्यक्रिया गरिएको डा. कार्कीले जानकारी दिए । चिकित्सकहरुले ट्युमर मात्रै काटेर निकालेका छन् भने बच्चा दानीलाई बचाएका छन् ।

‘कोभिडले–१९ का कारणले बीचमा फ्लोअपमा बिरामी आउनुभएको थिएन । ग्यास्ट्रिक भयो भनेर बिरामी आकस्मिक कक्षमा आउनुभएको थियो । चेक गर्दा पेटमा ठूलो गोला देखियो । हामीले अल्ट्रासाउण्ड र सिटी गरेर पहिला हेरियो,’ डा. कार्कीले भने, ‘त्यो ट्युमर पाठेघरदेखि सबैतिर फैलिएको थियो । त्यसपछि हामीले शल्यक्रिया गर्दा पाठेघरको देब्रे भागबाट त्यो ट्युमर निस्किएको रहेछ ।’

अण्डकोषको ट्युमर २८ केजीसम्म निकालेको उनले सुनाए । तर, पाठेघर ट्युमर ९ किलो २ सयग्रामको अहिलेसम्म आफूले नदेखेको अनुभव उनले सुनाए । ‘३१ वर्षको सेवा अवधिमा १ लाखभन्दा बढी महिलाको शल्यक्रिया सफलताका साथ गरेको छु । यस अवधिमा कयौं ट्युमरहरु निकालेको छु । तर, बच्चा दानीको ९ किलो २ सय ग्रामकोे ट्युमर देखेको थिइनँ,’ डा. कार्कीले भने, ‘महिलाको पेटबाट २८ किलोसम्मको ट्युमर निकालेको छु, । त्यति मात्र होइन्, बच्चा दानी आफैको पनि साढे ५ किलोको ट्युमर निकालेको छु । तर, बच्चा दानीको यति ठूलो ट्युमर अहिलेसम्म देखेको थिइनँ ।’

चिकित्सकहरुकाअनुसार बच्चा दानीमा यस्ता ट्युमर निकै कम हुन्छ । डा. कार्कीले सहरभित्र बसेर पनि स्वास्थ्य जाँच नगराउँदा समस्या आएको बताए । उनले महिलाहरुले वर्षमा एक पटक कम्तिमा पनि स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन् ।

शल्यक्रियामा डा. कार्कीसँगै डा. भानु न्यौपाने, डा. बात्सल्य अर्याल, डा. फारिद खातुनको टिम सहभागी थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ