धनगढी – कैलालीको धनगढी-३मा अवस्थित स्वस्तिक कार्डियो अस्पतालले विभिन्न पदमा १४१ कर्मचारी माग गरेको छ । उक्त अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदका लागि १४१ कर्मचारी माग गरेको हो ।
अस्पतालले कार्डियोलोजिष्ट, एनेस्थियालोजिष्ट, फार्मेसिस्ट, न्युरोलोजिष्ट, दन्तचिकित्सक, पुलमोनोलोजिष्ट, नेफ्रोलोजिष्ट, प्लास्टिक सर्जन, युरोलोजिष्ट, ल्याव टेक्निशियन र हेमोटोलोजिष्ट लगायतका अन्य चिकित्सक माग गरेको हो ।
त्यस्तै, मेडिकल अधिकृत ८ जना, नर्स ३६ जना, एचए १० जना, प्रशासन र प्राविधिकतर्फ पनि कर्मचारी माग गरिएको छ।
तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्ने भनिएको छ ।