२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा तस्करीका स्वास्थ्य सामाग्री बरामद

विराटनगरमा तस्करीका स्वास्थ्य सामाग्री बरामद


विराटनगर-विराटनगरमा सशस्त्र प्रहरीले तस्करी गरेर ल्याइएका औषधिलगायतका स्वास्थ्य (मेडिकल) सामाग्री बरामद गरेको छ । आइतबार साँझ सशस्त्र प्रहरीको टोलीले तस्करी गरेर ल्याइएका स्वास्थ्य सामाग्री बरामद गरेको हो ।

सशस्त्र बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार दुई सय ३५ प्याकेट सर्जिकल ब्लेड, दुई हजार सात सय ८० पिस प्रेग्नेन्सी टेस्ट किट र दुई सय पिस अक्सिजन फेस मास्क भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको हो । भारतको जोगबनीबाट मोटरसाइकलमा ल्याउँदै गरिएको अवैध सामग्री विराटनगर महानगरपालिका–१५ पारिजातबाट बरामद गरिएको र तस्करीमा संलग्न भने मोटरसाइकल लिएर फरार बनेको उनले बताए ।

बरामद गरिएका एक लाख ३० हजार तीन सय रूपैयाँ बराबरको सामग्री आवश्यक कारबाहीका लागि सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी एसपी लामिछानेले दिए ।

त्यस्तै अवैध तरिकाले ल्याउँदै गरेको कपडा लगायतका सामान पनि सशस्त्रले बरामद गरेको छ । ८३ पिस कुर्त सलवार, १४ थान बाल्टिन र एक कार्टुन प्लाष्टिकको चम्चा तथा प्लेट विराटनगर–१६ दरैयाबाट बरामद गरिएको जानकारी लामिछानेले दिए ।

उनका अनुसार जोगबनीबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको ९५ हजार रूपैयाँ बराबरको कपडा लगायतका तस्करीको सामान कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ