२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १श्रेष्ठको समूहले मनोनयन दर्ता गरायो, सिलवालको समूहले आज गर्दै

श्रेष्ठको समूहले मनोनयन दर्ता गरायो, सिलवालको समूहले आज गर्दै


विराटनगर—नेपाल चिकित्सक संघ कोशी विराटनगरको नयाँ नेतृत्वको लागि दुई समूह चुनावी अभियानमा होमिएपछि माहोल तातेको छ । माघ ४ र ५ गते हुने निर्वाचनमा डा. कैलाश श्रेष्ठ र डा. फरवाड सिलवालको समूह बनेर निर्वाचनवमा होमिएका हुन् ।

डा. श्रेष्ठको समूहले सोमबार मनोनयन दर्ता गराएको छ । श्रेष्ठको समूहदेखि वरिष्ठ उपाध्यक्षमा डा. दिपेन्द्र नौलाखा, उपाध्यक्षमा डा. बालकृष्ण साह, महासचिवमा डा. रबिनराज सिंह, सह—सचिवमा डा. धिरज सिंह, कोषाध्यक्षमा सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा सरबेस कुमार झाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै सोही समूहबाट सदस्यहरुमा डा. रोशन खड्का डा. पल्बी झा, डा. रेनु यादव र डा. निशा अधिकारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत डा. रवि बस्ताकोटीले जानकारी दिए ।

संघको अध्यक्षको उम्मेदवारी घोषणा गरेका सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा मात्र मनोनय दर्ता गराएका छन् । सो समूहदेखि डा. नवीन कर्णले वरिष्ठ उपाध्यक्ष र महासचिवमा राजेन्द्र चौधरीले मनोनियन दर्ता गराएको निर्वाचन अधिकृत डा. बस्ताकोटीले बताए । मनोनयनको समय मंगलबारसम्म रहेकोले अन्य पदमा मंगलबार मनोनयन दर्ता गराउने सिलवालले जानकारी दिए । ‘उम्मेदवारीको मनोनयनको दर्ताको समय मंगलबार साँझसम्म रहेको छ,’ डा. सिलवालले भने, ‘सबै पदमा मंगलबार मनोनयन दर्ता गराउनेछौं ।’

डा. सिलवालको समूहदेखि उपाध्यक्षमा डा. यज्ञराज खरेल, कोषाध्यक्षमा डा. शिलवन्त सिंह श्रीवास्तव, सहसचिवमा डा. सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा. जुबिन सिलवालले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सदस्यहरु डा.अन्जु देव, डा.अमरकुमार यादव, डा. पार्थ गुरागाईं, डा. अमरेन्द्रकुमार महतो, डा.प्रेरणा दाहाल र डा. कृष्णप्रसाद नेपालले उम्मेदवारी घोषणा गरेका छन् ।

निर्वाचित पदाधिकारीहरु तीन वर्षको कार्यकाल हुनेछ । संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहसचिव, कोषाध्यक्ष, सह—कोषाध्यक्ष र ६ जना सदस्यहरू गरी १३ जनाको पदाधिकारीहरू हुने विधानमा उल्लेख छ ।

दुवै समूहले नेपाल मेडिकल काउन्सिल पास गरेर वसेका युवा चिकित्सकलाई सदस्यता दिलाएर आफ्नो मत बलियो बनाउने कसरत गरिरहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ