तस्करीको औषधी बरामदपछि विराटनगरका फार्मेशीमा विभागको अनुगमन, एकजना पक्राउ

विराटनगर – भारतदेखि तस्करी गरी ल्याएको औषधी बरामद गरेपछि फरार भएका एक जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । तस्करी गरी ल्याएको औषधी विराटनगर – १३ का ३५ वर्षीय नरेश यादवको घरमा भण्डारन गरी राखिएको औषधी प्रहरीले सोमबार राती बरामद गरेको थियो ।
औषधी व्यवस्था विभागमा दर्ता नभएको चार कार्टुन विभिन्न नाम गरेको औषधी मोरङ प्रहरीले बरामद गरेपछि यादव फरार थिए । प्रहरीले मंगलबार दिउँसो विराटनगरबाट यादवलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । यादवको घरबाट विभागमा दर्ता नभएको औषधीहरू बरामद भएपछि सोधपुछको लागि नियन्त्रण लिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
‘मोरङ प्रहरी कार्यालयमा ल्याएर यादवलाई सोधपुछ भइरहेको छ,’ एसपी खड्काले भने, ‘अवैध रूपमा यति धेरै औषधी कहाँबाट ल्याए यस विषयमा अनुसन्धान भइरहेको छ ।’ भारतदेखि तस्करी गरि यादवले घरमा राखेको मोरङ प्रहरीलाई विशेष सूचना पाएपछि सिआरबी जतुवाको टोलीले छापा मारेको थियो । प्रहरीले यादवको घरदेखि ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेकेसन’ रहेको चार कार्टुन बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको दुवै इन्जेक्सन औषधी व्यवस्था विभागमा दर्ता छैन । मिथाइकल प्रिडनीसोलोन इन्जेक्सन भारतबाट तस्करी गरि नेपालमा ल्याउँदा महंगो मुल्यमा विक्री हुने गरेको यस क्षेत्रका जानकाहरू बताउँछन् । सो इन्जेक्सन २ देखि २ हजार ५ सय रुपैयाँ प्रतिगोटा विक्री हुने गरेको बुझिएको छ ।
तस्करी गरी ल्याएको औषधीको विषयमा औषधी व्यवस्था विभाग विराटनगरले पनि अनुसन्धान गर्ने भएको छ । यादवले विराटनगरका केही फार्मेशीले मगाएको औषधी तस्करी गरि ल्याएको प्रहरी स्रोतको दाबी छ । बरामद औषधी विराटनगरको दक्षिण क्षेत्रमा रहेका फार्मेशीको रहेको प्रहरीले स्रोतले जानकारी दिएको छ । यस विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । ‘भारतदेखि तस्करी गरि ट्याक्टरमा औषधी ल्याएको विशेष सूचना आएपछि प्रहरीले निगरानी बढाएको थियो,’ सुरक्षा स्रोतले भन्यो, ‘यादवले फार्मेशीले मगाएको ठाउँमा तस्करीको औषधी पु¥याए वापत निश्चित रकम दिने गरेका रहेछ ।’ बालुवा, गिटीको कारोबार समेत गर्दै आएका यादवको ट्याक्टरमा मुनिबाट औषधीको कार्टुन र माथिबाट पराल राखि भारतदेखि औषधी तस्करी गरि ल्याउने गरेको विशेष सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो । यादवले टिकुलीया बस्ती हुदै दरैयाको बाटोबाट औषधी ल्याएको बुझिएको छ ।
तस्करीको औषधी समात्ने प्रहरीलाई नै गाली
प्रहरीले छापा हानेर औषधी बरामद गरेपछि मोरङ प्रहरीबाट खटिएको सिआरबी जतुवाका असाइ रामकुमार यादवलाई फोन गरि नरेशले गालीगलौज पनि गरेको प्रहरीले जनाएको छ । औषधी बरामद गरेपछि सोमबार राती साढे ११ बजेको समयमा नरेशले फोन गरि असाइ यादवलाई गालीगलोज गरेका थिए । असाइ यादवले नरेशले फोन गरि भेटेर कुरा गर्छु भन्दै फोनमार्फत गालीगोलोज गरेको भन्दै मोरङ प्रहरीमा निवेदन पनि गराएका छन् ।
तस्करीको औषधी समातेपछि विभागको अनुगमन
मोरङ प्रहरीले तस्करीको औषधी बरामद गरेपछि औषधी व्यवस्था विभाग विराटनगरले यहाँका केही फार्मेशीमा अनुगमन गरेको छ । मंगलबार दिउँसो विराटनगर १५ मा रहेको जीतु मेडिको फार्मेशीमा अनुगमन गरेको थियो । विभागबाट गएको टोलीले जीतु मेडिकोबाट कुनै त्यस्तो अवैध सामान नभेटिएको नेपाल औषधी व्यवस्था विभाग विराटनगरले जनाएको छ ।
तस्करीको औषधी ल्याएर विक्री वितरण गर्ने गरेको आशंकामा विभागले केही फार्मेशीमा अनुगमन गरेको हो ।
धेरै पढिएका
- १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न
- ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया
- ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त
- ६ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला
- ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता
तपाईको प्रतिक्रिया दिनुहोस