विराटनगर – कोरोना संक्रमण जितेपछि होम आइसोलेशनमा बसेको प्रमाणित गर्न वडा कार्यालहरूले लिने गरेको शुल्क नलिन विराटनगर महानगरपालिकाले निर्णाय गरेको छ । वडा कार्यालयहरूले मन परी शुल्क लिएर कोभिडको सिफारिस दिने गरको संचारमाध्यमहरुमा समाचार प्रकाशित भएपछि जनस्तरबाट चौतर्फी रूपमा विरोध भएपछि विराटनगर महानगरपाकिाले बुधबार साझ एक सूचना जारी गर्दै कोभिडको नाममा कुनै पनि शुल्क नलिन निर्णय गरेको हो ।
‘कोरोना भाइरसबाट प्रभावित संक्रमितहरुको सिफारिस शुल्क नलिने निर्णाय भएको छ । सो अनुसार गर्न गराउनुहुन विराटनगर महानगरपालिकाको १९ वटै वडालाई अनुरोध गरिएको छ,’ महानगरपालिकाको वितिय व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानले जारी गरेको सूचनामा उल्लेख छ ।
महानगरपालिकाले कोभिडको सिफारिसमा शुल्क नलिने निर्णय गरे पनि यसअघि वडा कार्यालयहरूले लिँदै आएको विषयमा कुनै जानकारी गराएको छैन ।
केही दिन यतादेखि विराटनगर महानगरपालिकाको वडा कार्यालयलहरूले कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेको प्रमाणित गरेको करको नाममा मनपरी शुल्क असुल्ने गरेका थिए । संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाले बिमा प्रयोजनका लागि वडा कार्यालयले सिफारिसमा ३ सय १० देखि ५ सय १० रुपैयाँ सम्म रकम लिने गरेको पाइएको थियो ।
विराटनगरका २, ४, ७ र ८ नम्बर वडाकाले शुल्क नलिकन विमाको लागि सिफारिस दिने गरेको थियो भने अन्य वडाहरूले भने शुल्क लिने गरेको पाइएको हो ।