२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विरामी बचाउने डाक्टरको हातले कुरूवा र विरामीलाई भोजन

विरामी बचाउने डाक्टरको हातले कुरूवा र विरामीलाई भोजन


विराटनगर – क्यारेटमा प्याकेजिङ्ग गरिएको पोषिलो भोजन । जब साझको पाँच बज्छ त्यही भोजन बोकेर स्त्री रोग तथा प्रसुति विशेषज्ञ डा.बालकृष्ण साहसहितको टिम विरामीको उपचार छाडेर विराटनगरस्थित कोशी अस्पताल पुग्छन् । त्यहाँ आफ्नै हातले विरामी कुरुवाहरुलाई खाना वितरण गरेपछि डा. साहको टोली आ–आफ्नो घरतर्फ लाग्छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

असोज ११ गतेदेखि आफ्ना सहयोगी स्वास्थ्यकर्मीहरुसँगै डा. साहले उपचारसँगै खाना वितरण गर्दै आएका छन् । डा. साह मात्र हैन कोभिड–१९ महामारीको बेला आ–आफ्ना अस्पताल र क्लिनिक तथा औषधी पसलहरुमा फ्रन्टलाइनमा रहेर खटिँदै आएका विराटनगरका स्वास्थ्यकर्मीहरु आजकल ‘लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनल क्लबमा’ आवद्ध भएर विरामीको उपचारसँगै खाना खुवाउने सेवामा लागिरेरहेका छन् ।

सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीका कुरुवाहरुलाई महामारीले गर्दा खाना खान अझै समस्या भैरहेकोले आफूहरु उपचारसँगै खाना खुवाउने सेवामा पनि लागिपरेको विराटनगर महानगरपालिका कोभिड इञ्चार्ज तथा क्लबका अध्यक्ष हैदर अलीले बताए । उनका अनुसार दशैको घटस्थापनासम्म कोशी अस्पतालका विरामी र कुरुवाहरुलाई खाना खुवाउने हेल्थ प्रोफेसनल क्लबको लक्ष्य छ ।

घटस्थापनासम्म खाना पकाउन विराटनगरको रोयल विरयानी हाउससँग सम्झौता भइसकेको क्लबका द्वितिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक शम्भु साहले बताए । संयोजक साह प्रदेश १ स्वास्थ्य आपुर्ति प्रमुख पनि हुन् । लायन्स हेल्थ प्रोफेसनल क्लबमा विराटनगरका २५ जना स्वास्थ्यकर्मीहरु सदस्य छन् ।

क्लबमा ५ जना डाक्टर, ३ जना जनस्वास्थ्य विज्ञ, ५ जना जनस्वास्थ्यकर्मी, ३ जना औषधी व्यवसायी, र अन्य प्राविधिक तथा स्वास्थ्यकर्मीहरु छन् । क्लबका सदस्यहरु सबै हरेक साँझ आलोपालो साँझ कोशी अस्पतालमा एक सय जनालाई खाना बाढ्न पुगिरहेका छन् । अध्यक्ष अलीका अनुसार खानामा लाग्ने खर्च क्लबका सदस्यहरुले नै जुटाइरहेका छन् । अलीका अनुसार हेल्थ प्रोफेसनल क्लबले महामारीका बेला पत्रकार, स्वास्थ्यकर्मी र विज्ञहरुसँग समन्वय गरेर विभिन्न जनसरोकारका विषयहरुमा नियमित अन्तक्र्रिया पनि गरिरहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ