२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा थपिए १२२ संक्रमित, ३ संक्रमितको मृत्यु

प्रदेश १ मा थपिए १२२ संक्रमित, ३ संक्रमितको मृत्यु


विराटनगर –  पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप १–१ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

हालसम्म प्रदेशमा ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ  । प्रदेश १ मा मंगलबार १ सय २२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, ते¥हथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।

मन्त्रालयकाअनुसार विराटनगरमा ६१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २९ महिला र ३२ पुरुष छन् । मोरंगको कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, सुन्दरहरैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीयतहनखुलेका २ महिला १० पुरुषमा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

उता, सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, स्थानीयतहनखुलेका ३ पुरुष, झापाकोदमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीयतहनखुलेका १ महिला, ते¥हथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ माकोरोना संक्रमितको संख्या६ हजार ६४१ पुगेको छ ।

१६६ जना डिस्चार्ज 

प्रदेश १ मा मंगलबार १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ६०, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज, बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ४१ पुगेको छ ।

प्रदेश १ मा आज ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३९ महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २२ हजार ७७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ